सामसङले आफ्नो प्रमुख सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसका तेस्रो ब्याचको कोडिङ एण्ड प्रोग्रामिङ पूरा गरेकोमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसका ५३ जना विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको छ।
अब आउँदो ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्नेछन्।
५३ जना विद्यार्थीहरूलाइ कोर्स उत्तीर्ण गरेको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा आयोजित समारोहमा प्रदान गरिएको थियो।
सामसङ नेपाल कार्यालयका प्रमुख इन सु किम र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डिन डा. शशिधर राम जोशी, साथै सहायक डिन विनोद कुमार भट्टराई/सहायक डीन सुरज लामिछाने र पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख डा. इन्द्र प्रसाद आचार्यको त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा आयोजित समारोहमा उपस्थिति रहेको थियो।
सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम, सामसङ इनोभेसन क्याम्पसको उद्घाटन सन् २०२३ को डिसेम्बरमा गरेको थियो।
कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, बिग डाटा र कोडिङ एण्ड प्रोग्रामिङजस्ता प्राविधिक सीपहरूमा तालिम दिएर नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउनेछ। यस पाठ्यक्रममा छनोट हुनको लागि पूर्वशर्तहरूमा एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञान समावेश छ।
पाठ्यक्रमहरूको एक भागको रूपमा, विद्यार्थीहरूलाई वास्तविक काममा प्रयोग हुने सीपहरू र इन–डिमान्ड प्राविधिक सीपहरू प्रदान गरिनेछ, जसले उनीहरूको डिजिटल साक्षरता, अध्ययन गर्ने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्नेछ।
प्राविधिक प्रशिक्षणका साथ यस कार्यक्रमले विद्यार्थीहरूको रोजगार योग्यता बढाउन उनीहरूको ज्ञानलाई जीवनोपयोगी बनाउन सामान्य सीप तालिम पनि प्रदान गर्दछ। यसले समस्या समाधान गर्ने क्षमताहरू पनि वृद्धि गर्दछ, जसले विद्यार्थीहरूलाई नवीन खोजकर्ता बन्न पनि सक्षम बनाउनेछ ।
इन्स्टिच्युट अफ इन्जिनियरिङमा सामसङ इनोभेसन क्याम्पस अन्तर्गतको पाठ्यक्रमको एक हिस्सा स्वरूप विद्यार्थीहरूले व्यवहारिक परियोजनामा पनि सहभागी बन्नेछन् । यस अन्तर्गत विद्यार्थीहरूलाई सामाजिक महत्वका परियोजनाहरू प्रस्तुत गर्ने चुनौती दिइनेछ, जसमा एआई, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र आइओटिको भूमिका रहनेछ ।
सामसङ इनोभेसन क्याम्पस सन् २०१९ मा सुरु गरिएको हो, जुन सामसङको ग्लोबल सिएसआरले लिएको “टुगेदर फर टुमोरो! इनएबलिंग पिपल” भन्ने नाराको एक हिस्सा हो, जसले विद्यार्थीहरू र युवाहरूलाई चौथो औद्योगिक क्रान्तिको प्रमुख प्रविधिहरूको अनुभव दिनेछ र उनीहरूलाई आउँदो पुस्ताको श्रम शक्ति बन्न तयार पार्दछ।
सामसङ आफ्नो सिएसआर पहलहरू मार्फत समुदायहरूमा सकारात्मक रूपान्तरण गर्न र नागरिकहरूका लागि उत्तम जीवन सिर्जना गर्नका लागि नवप्रवर्तनको प्रयोगमा विश्वास राख्छ।
शिक्षामार्फत युवाहरूलाई सशक्तीकरण गर्नुको अर्थ हामीले भविष्यको संसारको दह्रोरूपमा सामना गर्नका लागि युवाहरूलाई तयार पार्न सक्ने सशक्त माध्यमहरूमध्ये एक उत्कृष्ट माध्यम हो ।
Shares

प्रतिक्रिया