ad ad

कारोबार


गुगल एपमा नेपाली पात्रोको डाउनलोड १ करोड नाघ्यो

गुगल एपमा नेपाली पात्रोको डाउनलोड १ करोड नाघ्यो

नेपालखबर
असार २५, २०८१ मंगलबार १३:३९, काठमाडौँ

विक्रम संवत्‌मा आधारित चर्चित मोबाइल एप नेपाली पात्रो गुगल प्लेस्टोरमा १ करोड पटक डाउनलोड भएको छ। 

नेपाली तिथि, मिति, पात्रो, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दू उत्सव / पर्वहरु, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृतिलगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको नेपालको डिजिटल पात्रो हो ।

नेपाली पात्रोमा रेडियो, समाचार (यो गज्जब छ), वैदिक पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता आज जीवनलाई आवश्यक पर्ने दर्जन बढी सुविधाहरु समावेश छन्।

साथै नेपालका लोकप्रिय समाचार स्रोतबाट निरन्तर समाचार अपडेट गर्ने नेपाली पात्रो गुगल प्ले स्टोरमा ४.३ स्टार रेटिङ्गसाथ लोकप्रिय भएको देखिन्छ। नेपालका चार सयभन्दा बढी सञ्चारमाध्यमबाट सूचना, जानकारीमूलक तथा मनोरञ्जनात्मक सामग्री सुन्न सकिने नेपाली पात्रोका आशिष कार्की जानकारी दिए। 

विनिमयदर, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ आदिजस्ता  दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रहेको कार्कीको भनाइ छ।

दैनिक १० लाख बढी सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ करोड माथि छ।

नेपाली रेडियोबाट प्रसारित हुने कार्यक्रमहरू नेपाली पात्रोमा श्रोताहरूको समयअनुसार सुन्न सकिने गरी मिलाइएको उनले बताए। सम्बन्धित रेडियोको पछिल्लो ४८ घण्टाका कार्यक्रमहरू नामसहित अडियोमा उपलब्ध हुने जानकारी नेपाली पात्रोले दिएको छ।

यसको लागि, नेपाली पात्रो डाउनलोड गरेर रेडियो फिचरमा सम्बन्धित रेडियोको पेजमा छुटेका तथा प्रसारित कार्यक्रमहरूको नाम तथा प्रसारण समय उपलब्ध छ।

नेपाली पात्रोमा देशका प्रमुख १५०  भन्दा बढी अनलाइन न्युजपोर्टल र  ३५० भन्दा बढी रेडियो समेत जोडिएका छन्। 

हालै पात्रोले केवल डिस्ट्रिब्यूसन नेटवर्कट नेट टिभीमा पनि नेपाली पात्रोमा उपलब्ध रेडियो सुन्न मिल्ने सुविधा सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .