ad ad

कारोबार


होटल हिमालयका सबै सेवामा प्रभु बैंकका ग्राहक र कर्मचारीले विशेष छुट पाउने

होटल हिमालयका सबै सेवामा प्रभु बैंकका ग्राहक र कर्मचारीले विशेष छुट पाउने

नेपालखबर
असार १७, २०८१ सोमबार १६:४४, काठमाडौँ

प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई कुपण्डोल, ललितपुरमा अवस्थित होटल हिमालयसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ।

एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरेका छन्।  

सम्झौताअनुसार प्रभु बैंक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको उपत्यकाको मुटुमा अवस्थित ललितपुर आफैमा एक कलात्मक शैलीको परिचय बोकेको सहर हो। कृष्ण मन्दिर,पाटन दरवार स्क्वायर,स्वर्ण विहार जस्ता पर्यटकिय क्षेत्रको अवलोकन गर्न यस शहरमा देश तथा विदेशबाट पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ। 

यसैगरी आन्तरिक तथा वाह्य पर्यटकका लागी लक्षित गरी चारतारे होटल हिमालय विगत ३७ वर्षदेखि ग्राहकहरुको सेवामा समर्पित छ।

विदेशी तथा नेपालीहरुबीच निकै रुचाइएको यस होटलमा साउना, स्टिम, स्विमिङ पुल, फिटनेस सेन्टरलगायतको सुविधा छ। गा्रहकहरुको सेवाको लागि सोही परिसरमा दुईवटा रेस्टुरेन्ट छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .