ad ad

कारोबार


दराज नेपालको ‘६.६ मिड–इयर सेल’, ७० प्रतिशतसम्मको आकर्षक छुट

दराज नेपालको ‘६.६ मिड–इयर सेल’, ७० प्रतिशतसम्मको आकर्षक छुट

नेपालखबर
जेठ २३, २०८१ बुधबार १७:३८, काठमाडौँ

अनलाइन किनमेल कम्पनी दराज नेपालले ‘मिड–इयर सेल ६.६’ कोे घोषणा गरेको छ।

योजनाअन्तर्गत ६.६ मिड–इयर सेलमार्फत उपभोक्ताले ७० प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, २ करोड रुपैयाँबराबरको मेगा भाउचरलगायत अफरहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

दराज ६.६ मिड–इयर सेल जुन ६ (जेठ २४, २०८१)देखि जुन १२ (जेठ ३०, २०८१) सम्म सञ्चालन हुनेछ। 

दराज ६.६ मिड–इयर सेलको प्रमुख आकर्षणका रुपमा, विभिन्न बिक्रेतामार्फत खरिदकर्ताले अफर दिइएका सामग्रीहरुको खरिदका लागि न्यूनतम ४ सय ९९ रुपैयाँ खर्च गरेपश्चात् निःशुल्क होम डेलिभरी सुविधा लिन सक्नेछन्। 

कम्पनीका अनुसार दराज एपको होमपेजमा रहेको ‘फ्रि डेलिभरी’ ब्यानरमा क्लिक गरी भाउचरहरू संकलन गर्ने सुविधा पनि उपलब्ध हुनेछ। साथै, सबै मेगा डिलमा समाविष्ट उत्पादनहरूमा कुनै न्यूनतम खर्च सिमा बिनापनि निःशुल्क डेलिभरीको सुविधा लागू हुने कम्पनीले जनाएको छ।

उपभोक्ताहरुको शपिंग अनुभवलाई अझ सन्तोषजनक बनाउने उद्देश्यका साथ दराजले भर्खरै ‘बेष्ट प्राइस ग्यारेन्टी’ कार्यक्रम पनि सार्वजनिक गरेको छ। कार्यक्रमअन्तर्गत उपभोक्ताले ‘बेष्ट प्राइस (उत्तम मूल्य) ट्याग’का साथ बिक्रीका लागि राखिएका उत्पादनहरू बजारका तुलनामा सर्वाधिक सस्तो मूल्यमा खरिद गर्न सक्ने कम्पनीको भनाइ छ। 

‘६.६ मिड–इयर सेलको अवधिभर यदि खरिदकर्ताले नेपालकै अन्य अनलाइन प्ल्याटफर्ममार्फत दराजले ‘बेष्ट प्राइस ट्याग’ उपलब्ध गराएको सामग्री, सोभन्दा सस्तो मूल्यमा फेला पार्न सके र दाबी मान्य भएमा खरिदकर्ताले निर्धारित मूल्यको ५ गुणा रकम फिर्ता पाउनेछन्’, कम्पनीले भनेको छ।  

उपभोक्तालाई बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्न सेलको आयोजना गरेको कम्पनीले जनाएको छ।

स्वास्थ्य र सौन्दर्य, फेसन, अडियो र वेयरेवल्स, फर्निचर, घरको सजावट सामग्री लगायत अन्य थुप्रै उत्पादनमा पनि छुट्टाउनै नहुने अफरहरु उपलब्ध हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .