ad ad

कारोबार


‘५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग’

‘५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग’

नेपालखबर
असार १८, २०८१ मंगलबार २०:५, काठमाडौँ

राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमला पन्तले ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन्।

मंगलवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन्। अर्थमन्त्रीले हिम्मत देखाएर भएपनि पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने उनले बताइन्।

उनले भनिन्, ‘अर्थमन्त्रीज्यु सक्नुहुन्छ भने ५ सय हजारको नोट ब्याण्ड गर्नुस्।’

सांसद पन्तले पञ्चशीलको सिद्धान्तलाई लागू गर्न पनि माग गरिन्। उनले कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न आग्रह गरिन्।

उनले भनिन्, ‘पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुभएको छ। छ? मानिन्छ? कहिले कुनै देशमा नजिकिन गएको छ, दौडिएर गएको छ, कहिले कसैकोमा गएको छ। यसरी हामी सम्मानित नागरिक हुन सक्दैनौँ। हामी इज्जतदार नागरिक हुनुपर्छ। नेपालीले पूर्खाको पालादेखि इज्जत कमाएर बसेको मुलुक हो। त्यसैले गर्दा यो पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुपर्छ।’

सांसद पन्तले बुढीगण्डकी परियोजना तत्काल लागू गर्न माग गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .