टीसीएलले टी ट्वान्टी विश्व कप २०२४ लाई लक्षित गर्दै गो बिग गो टीसीएल नामक नयाँ योजना सार्वजनिक गरेको छ।
यसअन्तर्गत ग्राहकले टीसीएलको टिभी खरिदमा रू १ लाख ६३ हजार ३ सय रुपैयाँसम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त गर्न सक्नेछन्।
टीसीएलले ३२ इन्चदेखि नेपालको सबैभन्दा ठूलो ९८ इन्चसम्मको टिभी बजारमा उपलब्ध गराउँदै आएको छ। सो ब्रान्डले किफायती दाममा उत्कृष्ट पिक्चर क्वालिटी दिँदै आएको छ। सो ब्रान्डले प्रत्येक नेपाली घरको आवश्यकता अनुसार टेलिभिजनहरु उपभोक्तासामु ल्याउन सफल भएको छ।
कम्पनीले ग्राहकलाई उनीहरूको सपनाको टिभी घरमा ल्याउन सजिलो बनाउन सीजी लोयल्टी क्लबमार्फत नो कस्ट ईएमआई, एक्सचेन्ज अफरहरू र विशेष पुरस्कारहरू जस्ता आकर्षक अफरहरु प्रदान गरेको छ ।
टीसीएलको ९८-इन्च टिभीको फोरके रिजोल्युसन र एचडीआर सपोर्टजस्ता क्षमताहरूसँग उत्कृष्ट पिक्चर क्वालिटीको अनुभव प्रदान गर्दछ।
यसको ठूलो डिस्प्लेको सहेताले दर्शकहरूले आफ्नो घरमै बसी स्टेडियमको अनुभव महसुस गर्न सक्ने कम्पनीको दाबी छ।
Shares

प्रतिक्रिया