समाज


पूर्वसहसचिव सावित्री राजभण्डारी सर्वोच्चबाट पनि भ्रष्टाचारी ठहर

पूर्वसहसचिव सावित्री राजभण्डारी सर्वोच्चबाट पनि भ्रष्टाचारी ठहर

नेपालखबर
जेठ २०, २०८१ आइतबार १७:५९, काठमाडौँ

सर्वोच्च अदालतले पनि पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचारी ठहर गरेको छ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतकै फैसला सदर हुने निर्णय सुनाएको छ।

सावित्रीलाई विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले ०६९ मंसिर १२ गते भ्रष्टाचारमा दोषी ठहर गरेको थियो। विशेष अदालतले पूर्वसहसचिव राजभण्डारीलाई भ्रष्टाचारी ठहर गर्दै १ वर्ष कैद सजाय सुनाएको थियो। साथै २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ बिगो र त्यति नै जरिवाना असुल हुने फैसला विशेषले गरेको थियो।

२०२२ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी राजभण्डारी अवकाश पाउने समयमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा सहसचिव थिइन्। उनी लामो समय अर्थ मन्त्रालय र मातहतका निकायमा बसेकी थिइन्।

सावित्री निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त अच्युतनारायण राजभण्डारीकी पत्नी हुन्।  

सावित्रीसँगै उनले भ्रष्टाचारबाट कमाएको सम्पत्ति लुकाएको अभियोगमा विवाहिता छोरी मोनिसा राजभण्डारी (बस्नेत) पनि दोषी ठहर भएकी छन्। 

सावित्रीले मोनिसाको नाममा हिमालयन बैंक र नेपाल बंगलादेश बैंकमा गरी २ करोड ५२ लाख ९३ हजार रुपियाँ राखेको अख्तियारले पत्ता लगाएको थियो। त्यस रकममध्ये २ करोड ४६ लाख रुपँयाँको स्रोत खुल्न नसकेको अदालतको ठहर छ।

यो मुद्दा २०७० मंसिर २७ मा सर्वोच्च पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad