ad ad

कारोबार


डिश मिडिया नेटवर्कको सीईओमा तारा मानन्धर नियुक्त

डिश मिडिया नेटवर्कको सीईओमा तारा मानन्धर नियुक्त

नेपालखबर
बैशाख ३, २०८१ सोमबार १८:२२, काठमाडौँ

डिश मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन्।

२५ वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा काम गरेका मानन्धरले यही ३ गतेदेखि सीईओको कार्यभार सम्हालेको कम्पनीले जनाएको छ। 

यसअघि उनले मशरेक बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतमा आफ्नो अनुभवले उच्च व्यवस्थापनमा सफल नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। 

मानन्धरले डिश मिडिया नेटवर्कको कार्यभार सम्हालेर व्यवस्थापनलाई सुदृढ बनाउँदै कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवाहरुलाई थप गुणस्तरीय बनाउन प्रमुख भूमिका खेल्ने विश्वास कम्पनीको छ।

विगत १३ वर्ष देखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाएको जनाएको छ। 

कम्पनीले तीन वर्षअघि मात्रै नेपाल दूरसञ्चार प्राधिकरण वाट फाइबर इन्टरनेट वितरण गर्नका लागि अनुमति प्राप्त गरी हाल नेपालको दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक बन्न सफल भइसकेको छ। 

हाल कम्पनीले आफ्नो पुर्वाधार विस्तारका लागि प्राइभेट इक्विटिज फन्डबाट थप लगानी जुटाइसकेको र केही अन्तिम प्रक्रियामा छ। साथै आगामी केही महिनामा नै कम्पनीले आईपीओ निष्काशनको अन्तिम तयारी समेत गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .