ad ad

कारोबार


कागबेनीमा श्राद्धस्थल व्यवस्थापन समितिलाई प्रभु बैंकको क्यूआर स्ट्यान्ड

कागबेनीमा श्राद्धस्थल व्यवस्थापन समितिलाई प्रभु बैंकको क्यूआर स्ट्यान्ड

नेपालखबर
चैत २७, २०८० मंगलबार १७:५२, काठमाडौँ

धार्मिकस्थल कागबेनीमा कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समितिलाई प्रभु बैंकले क्यूआर स्ट्यान्ड उपलब्ध गराएको छ। 

नगदरहित कारोबारलाई जोड दिएको बैंकले कागबेनीमा भक्तजनहरुको सहजीकरणका तथा सुविधाका लागि क्यूआर स्ट्यान्ड उपलब्ध गराएको हो। 

बडादशैँ र चैतेदशैँअघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरुको यो क्षेत्रमा आवागमन हुने गरेको छ। पिण्डदान गर्दा दिवंगत भएकाहरुले मुक्ति पाउने धार्मिक विश्वास छ। 

हिमाल पारिको जिल्ला मुस्ताङको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालयमार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराईरहेको प्रभु बैँक, मुस्ताङ जिल्लाको वित्तीय पहुँचका लागि सारथि बन्ने गरेको मुस्ताङबासीहरु बताउँछन्।

मुस्ताङ जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तीय सेवा मात्र नभएर वित्तीय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ। 

प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .