समाज


कालिकोटको पलाँताकी तत्कालीन उपाध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

कालिकोटको पलाँताकी तत्कालीन उपाध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

फाइल तस्बिर


नेपालखबर
चैत २७, २०८० मंगलबार १७:५६, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा र तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

थोपा सिँचाइ आयोजना निर्माणमा उपभोक्ता समितिमार्फत अनियमितता गरेको आरोपमा कालिकोटको पलाँता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुस्मा र उपाध्यक्ष न्यौपानेसहित ८ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।

अख्तियारले सब-इन्जिनियर माधवकुमार भट्ट, वडा नं. ८ का तत्कालीन वडाध्यक्ष पटकबहादुर बम र वडा सचिव जानकीकुमारी शाहीविरुद्ध पनि मुद्दा दायर गरेको छ।

मुलखोला थोपा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिपुरा रोकायलाई पनि अख्तियारले मुद्दा चलाएको हो।

प्रतिवादीहरूले सिँचाइ आयोजना उपभोक्ता समिति र गाउँपालिकाबीच भएको सम्झौताअनुसार काम नगरेको, गलत प्रतिवेदन बनाएको र वास्तविक लागतभन्दा बढी उपभोक्ता समितिलाई भुक्तानी गरेको अख्तियारको दाबी छ।

अख्तियारले सबै प्रतिवादीलाई १३ लाख ७४ हजार बिगो कायम गरी त्यही रकम बराबरको जरिवाना र सजायको मागदाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .