ad ad

कारोबार


टेलिकमको आईपी टिभीमा अलाकार्ट प्रणाली, कुन प्याकेजको कति शुल्क?

टेलिकमको आईपी टिभीमा अलाकार्ट प्रणाली, कुन प्याकेजको कति शुल्क?

नेपालखबर
चैत २१, २०८० बुधबार १६:५६, काठमाडौँ

नेपाल टेलिकमले भीएएस सेवाको रुपमा आईपी टिभी (एनटीटिभी) सेवामा अलाकार्ट प्रणाली लागू गरेको छ। 

यसअनुसार ग्राहकले चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिरी हेर्न पाउनेछन्। 

सरकारले अलाकार्ट प्रणाली लागू गर्न दिएको निर्देशनअनुसार टेलिकमले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो। 

यसअनुसार ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेजमा आवश्यकताअनुसार बकिट प्याकेज थप गरी प्याकेजहरु खरिद गर्न सकिन्छ। 

कम्पनीका अनुसार बेसिक प्याकेज लिएका ग्राहकहरुले हालका लागि आवश्यकताअनुसार बकिट प्याकेज खरिद गर्न सक्नेछन्। 

टेलिकमका अनुसार मासिक स्टार बकिटको करसहित ६५ रुपैयाँ, सोनी बकिट प्याकको ६५, जी बकिटको २५, इन्डिया कास्ट बकिट प्याकको २५ रुपैयाँ शुल्क राखिएको छ। 

१ महिने प्याकेज 

प्याकेज करसहितको शुल्क (रु)
मासिक स्टार बकिट ६५
मासिक सोनी बकिट ६५
मासिक जी बकिट २५
मासिक इन्डिया कास्ट बकिट प्याक २५
मासिक होम बक्स बकिट प्याक १५
मासिक बेनेट बकिट
मासिक डिस्कभरी बकिट २०
मासिक बीबीसी बकिट
मासिक सुपर बकिट प्याक १७५
   

सुरुको ३ महिनाभित्र सबै प्रिमियम प्याकेजसहितको वार्षिक प्याकेज सब्सक्राइब गर्ने ग्राहकलाई अफरको जम्मा ३ सय ६० रुपैयाँ प्रतिमहिनाको दरमा प्रिमियम प्याकेज उपलब्ध हुनेछन्। सोअनुसार निम्न शुल्कमा निम्न प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ। 

३ महिने प्याकेज

प्याकेज  करसहितको शुल्क (रु)
३ महिने स्टार बकिट १९५
३ महिने सोनी बकिट १९५
३ महिने जी बकिट ७५
३ महिने इन्डिया कास्ट बकिट प्याक ७५
३ महिने होम बक्स बकिट प्याक ४५
३ महिने बेनेट बकिट
३ महिने डिस्कभरी बकिट ६०
३ महिने बीबीसी बकिट
३ महिने सुपर बकिट प्याक ५२५
   

ग्राहकले बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्न नजिकको नेपाल टेलिकमको काउन्टरमा जानुपर्नेछ भने बेसिक प्याकेज लिएका ग्राहकले थप बकिट प्याकेजको लागि टिभीको मेनुमा गएर आफैँ खरिद गर्न सक्नेछन्। 

वार्षिक प्याकेज

एफटीटीएच प्याकेज (एमबीपीएस) कुल शुल्क (नवीकरण) (रु) एसटीबी (वानटाइम) कुल शुल्क (रु) प्रतिदिन नि:शुल्क मोबाइल डेटा (अधिकतम) एमबी
५० १०९९९ १२००० ६००
१०० १३९९९ १४९९९ ८००
१५० १५९९९ १६४९९ ९००
२०० १८९९९ १९९९९ १०००

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .