इलेक्ट्रोनिक्स र घरेलु उपकरण ब्रान्ड सीजीले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको लागि आफ्नो नवीनतम अन्तर्क्रियात्मक डिजिटल बोर्डको बिक्री सुरु गरेको छ।
अन्तर्क्रियात्मक डिजिटल बोर्डहरू ठूला साइजमा भएकाले कुनै कुराहरु प्रदर्शन गर्न र सिक्ने सिकाउने उपकरणको रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
इन्टरएक्टिभ डिजिटल बोर्डलाई कम्प्युटर र अन्य उपकरणहरूमा जडान गरिएको छ भने प्रयोगकर्ताहरूलाई जानकारी प्रदर्शन गर्न र त्यही समयमा त्यससँग अन्तर्क्रिया गर्न पनि सकिन्छ।
बोर्डमा फोरके रिजोल्युसन, वायरलेस स्क्रिन टच, एन्ड्रोइड १३ ओएस, बिल्ट–इन क्यामेरा र माइकहरु जस्ता विभिन्न सुविधाहरू छन्। ती बोर्ड ६५, ७५ र ८६ इन्चका छन्।
यो स्मार्ट बोर्ड विशेष गरी कक्षा कोठा, बोर्ड रुम, मिटिङ हल र घरमा पनि उपयोगी छ, जहाँ प्रयोगकर्ताहरूले दृश्यात्मक रूपमा गतिशील तरिकामा विचार–विमर्श गर्न, प्रस्तुत गर्न र सहकार्य गर्न सक्दछन्।
रिमोट लर्निङसग मिल्दो, अन्तर्क्रियात्मक डिजिटल बोर्डले माइक्रोसफ्ट टिम, गुगल मिट, स्काइप र जुमजस्ता प्रविधियुक्त कुराहरुसँग सजिलै जोडिन सक्छ। यो उत्पादन नेपालभरका सबै सीजी ब्रान्डका आधिकारीक आउटलेटहरूबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया