एभरेष्ट रोलिङ मिलले आफ्नो आम्दानी २ अर्ब कटाएको छ।
आर्थिक वर्ष २०७८/०७९ मा २ अर्ब ९ करोड रुपैयाँको छड तथा डन्डी बिक्री गरेको हो।
आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ७३ करोड रुपैयाँको कारोबार गरेको थियो। त्यसअघि २०७६/०७७ मा १ अर्ब ४० करोडको वस्तु बिक्री गरेको थियो।
कम्पनीको कारोबार बढे पनि नाफा भने घटेको छ। २०७७/०७८ मा कर, ब्याज, अवमूल्यनसहितको नाफा ५.६७ प्रतिशत रहेको थियो भने २०७८/०७९ मा १.४१ प्रतिशत नाफा छ।
कम्पनीले उत्पादन गर्ने छडको लागि आवश्यक एमएस बिलेट ४५ प्रतिशत आन्तरिक बजारबाटै लिन थालेको छ। कम्पनीको बिक्रीमध्ये ९५ प्रतिशत नेपालको पश्चिम क्षेत्रमा बिक्री गरेको थियो।
एभेरेष्ट रोलिङ मिल प्रा. लि गोयन्का ग्रुप अन्तर्गतको हो। १९७८ स्थापना भएको कम्पनीले भैरहवाबाट आफ्ना उत्पादन गरिरहेको छ। कम्पनीले टीएमटी बारसहित एन्गल, रोड, वायर, नेललगायतका वस्तु उत्पादन गरिरहेको छ।
गोयन्का ग्रुपले स्टिल व्यवसायसंगै, ट्रेडिङ, खाद्य उद्योगमा लगानी गरेको छ। नन्दलाल गोयन्का कम्पनीका अध्यक्ष रहेका छन्।
प्रतिक्रिया