ad ad

ग्लोबल


रुसको आक्रमणपछि युक्रेनको राजधानी सहरमा पानीको लागि लामो लाइन

रुसको आक्रमणपछि युक्रेनको राजधानी सहरमा पानीको लागि लामो लाइन

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १२:३९, काठमाडौँ

रुसले सोमबार युक्रेनका केही महत्वपूर्ण केन्द्रमा आक्रमण गरेसँगै राजधानी सहर किभका मानिसहरु पानीको लागि लामो लाइनमा बसेका छन्।

सोमबार साँझ एक अपडेट दिँदै किभका मेयर भाइटाली क्लित्स्कोले किभका ४० प्रतिशत उपभोक्ताले पानी नपाएको र दुई लाख ७० हजार घरको विद्युत् आपूर्ति बन्द भएको बताएका छन्। 

युक्रेनका अनुसार मुलुकभर भएको आक्रमणमा परी १३ जना मानिसहरु घाइते भएका छन्। रुसले भने यो आक्रमण युक्रेनको सैन्य नियन्त्रण र ऊर्जा प्रणालीलाई लक्षित गरी गरिएको बताएको छ। 

युक्रेनको सेनाले भने रुसबाट आएको ५५ मध्ये ४५ मिसाइल खसालिएको बताएको छ। पछिल्लो केही समययता रुस–युक्रेन युद्ध थप चर्किएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .