ad ad

कारोबार


तामाकोशीका कुलबहादुरले डिशहोम रिचार्जमा जिते १ लाख

तामाकोशीका कुलबहादुरले डिशहोम रिचार्जमा जिते १ लाख

नेपालखबर
साउन २२, २०७९ आइतबार १७:४०, काठमाडौँ

डिशहोममा १ वर्षको रिचार्ज गर्दा तामाकोशी गाउँपालिका २ का कुल बहादुर घिसिङ तामाङले नगद एक लाख जितेका छन्।

श्याम इलेक्टोनिक्स इलेक्टिक  डिलरअन्तर्गत गत रहेको जेडीओएल-९ का रबिन्द इलेक्टोनिक्स का डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर कुल बहादुरले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए। 

डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर  उज्वल न्यौपाने र सेल्स अफिसर मिलन लुइँटेलले पुरस्कार रकम हस्तान्तरण गरेका थिए। 

कम्पनीले १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने योजना ल्याएको छ। यहीअनुसार तामाङले १ लाख जितेका हुन्। 

यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलरदाइकहाँ गएर फण्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउँछन् ।

अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद एक लाख जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाइलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .