कारोबार


नेपाल–चीन जोड्ने चिलिमे–केरुङ प्रसारणलाइन बनाउन चीनलाई प्रत्युत्तर पठाउने निर्णय

नेपाल–चीन जोड्ने चिलिमे–केरुङ प्रसारणलाइन बनाउन चीनलाई प्रत्युत्तर पठाउने निर्णय

फाइल तस्बिर


नेपालखबर
जेठ ११, २०८३ सोमबार १७:५३, काठमाडौँ

सरकारले नेपाल र चीन जोड्ने चिलिमे–केरुङ प्रसारणलाइन निर्माणको सम्बन्ध थप छलफल गर्न चीनलाई पत्राचार गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारलाई प्रत्युत्तर पत्र पठाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। 

निर्णयमा भनिएको छ, ‘अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल–चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे–केरूङ)को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरिएको छ।’

नेपालबाट चीन जोड्ने गरी २२० केभी क्षमताको चिलिमे–केरुङ प्रसारण लाइन निर्माण गर्ने गरी अध्ययन भइरहेको छ। उक्त प्रसारणलाइन निर्माणको लागि चीन सरकारको स्टेट ग्रिडसँग छलफल भएको थियो। 

नेपाल–चीन विद्युत् प्रसारणका लागि चीनतर्फ करिब ८० किलोमिटर र नेपालतर्फ करिब २५ किलोमिटर प्रसारणलाइन निर्माण गनुपर्नेछ। 

आयोजना सम्पन्न भएपछि दुई देशबीच विद्युत् आदानप्रदान तथा ऊर्जा पूर्वाधार विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो प्रसारणलाइन निर्माण अघि बढाउन नेपाल र चीनको ‘जोइन्ट वर्किङ ग्रुप’ बनिसकेको छ। 
उक्त आयोजना निर्माणको लागि चीनले नै अनुदानमा सम्भाव्यता अध्ययन गरिदिने बताएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए। 

अहिले यो आयोजना निर्माणको लागि प्रसारणलाइनको अलाइनमेन्ट र विद्युत् वहने क्षमताको अध्ययन भइरहेको छ। 

उच्च हिमाली भेगमा बनाउनुपर्ने भएकाले प्रसारणलाइनमा विद्युत् वहने क्षमता कति हुन्छ भनेर अध्ययन भइरहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता ढकालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad