ad ad

कारोबार


प्रधानमन्त्री देउवाले गरे डेढ अर्ब लागतमा बनेको चोभार सुख्खा बन्दरगाहको उद्घाटन (तस्बिरहरू)

प्रधानमन्त्री देउवाले गरे डेढ अर्ब लागतमा बनेको चोभार सुख्खा बन्दरगाहको उद्घाटन (तस्बिरहरू)

चोभार बन्दरगाह उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
चैत २२, २०७८ मंगलबार १५:२३, काठमाडौँ

प्रधानमन्त्री शेर बहादुर देउवाले चोभार सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन्।

गत साउनमै भौतिक संरचना सकिए पनि कर्मचारी, भन्सार, बैंक लगायतका कार्यालयको व्यवस्थापनसँगै आजदेखि बन्दरगाह सञ्चालनमा आएको हो। 

वीरगञ्जबाट डिजिटल लक लगाएर आएको मालवाहक कन्टेनरलाई प्रधानमन्त्रीले रिबन काटी बन्दरगाहमा प्रवेश गराएसँगै उद्घाटन सम्पन्न भएको छ। 

योसँगै अब काठमाडौंको लागि आउने वस्तु चोभारबाटै भन्सार जाँचपास गर्न सकिनेछ। नेपाल आयात हुने वस्तुमा आधाभन्दा बढी काठमाडौं उपत्यकामा खपत हुँदा चोभार सुख्खा बन्दरगाहको उपयोगिता बढ्ने सरकारको विश्वास छ। 

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले ५ सय ट्रक र ५ सय कन्टेनरको लागि पूर्वाधार निर्माण भएको बताए। 

गजुरेलले विश्व बैंकको सहयोगमा १ अर्ब ५४ करोड लागतमा बन्दरगाह तयार भएको जानकारी दिए। उनले बढ्दै गएको वैदेशिक व्यापारमा बन्दरगाहले सहयोग पुग्ने बताए।

यातायात विकास समिति र भन्सार विभागको संयुक्त सहकार्यमा सञ्चालनमा ल्याउने तयारी भइरहेको हुनाले आयातकर्ता तथा निर्यातकर्तालाई सहज हुनेछ।

हेर्नुहोस् तस्बिरहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .