सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले २ वटा विधेयक दर्ता गराएका हुन्।
नेपालमो हवाइ क्षेत्रको नियामक र सेवा प्रदायक एउटै हुँदा नियमन फितलो रहेको अन्तर्राष्ट्रिय निकायले आरोप लगाउँदै आएका छन्। नेपालमा हवाइ दुर्घटना बढी भएको भन्दै युरोपियन युनियनले कालोसूचीमा राखेका छन्।
संसदमा दर्ता भएको नेपाल नगरिक प्रधिकरण ऐन २०८१ मा सञ्चालक समितिको अध्यक्ष मन्त्री हुने व्यवस्था छ। दैनिक कार्य सञ्चालनको लागि महानिर्देशक हुने व्यवस्था छ। महानिर्देशकको पदावधि ४ वर्षको हुने र पुन: नियुक्त हुनसक्ने व्यवस्था छ।
नेपाल हवाइ सेवा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष उड्डयन मन्त्रालयको सचिव हुने व्यवस्था छ। दैनिक कार्य सञ्चालनको लागि प्रबन्धनिर्देशक नियुक्त हुनेछन्। जसको पदावधि ४ वर्षको नै हुनेछ।
Shares

प्रतिक्रिया