कारोबार


कस्तो छ नाइमामा सार्वजनिक भएको इलेक्ट्रिक मोटरसाइकल एफ७७ म्याक२?

कस्तो छ नाइमामा सार्वजनिक भएको इलेक्ट्रिक मोटरसाइकल एफ७७ म्याक२?

नेपालखबर
साउन २६, २०८२ सोमबार १८:३१, काठमाडौँ

२१ गतेदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा अल्ट्राभायलेट नेपालले एफ७७ म्याक २ इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गर्‍यो। 

स्टल सी१ मा सार्वजनिक भएको यो मोटरसाइकलले धेरै अवलोकनकर्तालाई समेत तान्यो। चारपांग्रेमा ईभीले बजार लिइरहँदा दुईपांग्रेले भने सोहीअनुसार लिन नसकिरहेका बेला अल्ट्राभायलेटले ल्याएको मोटरसाइकल कस्तो छ त? 

यो मोटरसाइकल एभिएसन प्रेरित डिजाइनमा आएको छ। १५५ किमि प्रतिघण्टा गति रहेको मोटरसाइकलमा १०० एनएम टर्क र रिकन भेरियन्टमा ३२३ किमि रेन्ज छ। 

कम्पनीका अनुसार यसमा एसआरबी–१० ब्याट्री प्रविधि छ। यसमा उन्नत थर्मल, इलेक्ट्रिकल, मेकानिकल, इलेक्ट्रोनिक तथा सफ्टवेयर सुरक्षा तहहरु रहेको कम्पनीले जनाएको छ। 

कम्पनीले यसको खरिद गर्नेलाई १ लाख किमि वा ५ वर्षको ब्याट्री वारेन्टी दिएको छ।

 

मोटरसाइकलमा १० स्तरको डाइनामिक रिजेनेरेटिभ ब्रेकिङ, ४ स्तरको ट्राक्सन कन्ट्रोल, डाइनामिक स्टेबिलिटी कन्ट्रोल, स्विचेबल डुअल च्यानल एबीएस, हिलहोल्ड तथा कनेक्सनयुक्त ५ इन्चको टीएफटी डिस्प्लेजस्ता सुविधा छन्। यसले चालकलाई प्रिमियम अनुभव दिने कम्पनीको दाबी छ। 

योसँगै कम्पनीले थप दुई नयाँ मोडल समेत ल्याउने जनाएको छ। तिनमा टिजरएक्ट र शकवेभ छन्। यी दुई मोडल २०२६ को पहिलो चौमासिकमा नेपाल आउने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad