कारोबार


१३ करोडमा खुम्चियो एनआईसी एसिया बैंकको नाफा, खराब कर्जा पनि ७.७४ प्रतिशत माथि

१३ करोडमा खुम्चियो एनआईसी एसिया बैंकको नाफा, खराब कर्जा पनि ७.७४ प्रतिशत माथि

नेपालखबर
माघ १५, २०८२ बिहिबार १२:५०, काठमाडौँ

एनआईसी एसिया बैंकको नाफामा यो वर्ष पनि सुधार नदेखिने भएको छ। चालू आवको अपरिष्कृत वित्तीय विवरणमा बैंकको नाफा १५ करोडबाट पुन: घटेर १३ करोडमा खुम्चिन पुगेको हो।

बैंकले जारी गरेको वित्तीय विवरणमा पुस मसान्तसम्म बैंकको कमाइहरूमा अपेक्षित वृद्धि देखिन नसक्दा नाफामा नकारात्मक असर परेको देखिएको हो। बैंकले दोस्रो त्रैमासिकसम्म खुद ब्याज आम्दानी १५.८३ प्रतिशतले घटेको छ। गत आवको दोस्रो त्रैमासिकमा ५ अर्ब १८ करोड नाफा गरेको बैंकले चालू आवको सोही अवधिमा ४ अर्ब ३६ करोड मात्रै नाफा गरेको हो।

यस्तै खुद सञ्चालन आम्दानी पनि घट्दा त्यसको असर खुद सञ्चालन नाफामा परेको देखिन्छ। गत आवको तुलनामा बैंकको खुद सञ्चालन आम्दानी २१.४० प्रतिशतले घट्दा  खुद सञ्चालन नाफा ४२.१७ प्रतिशतले घटेको हो। 

गत आवको पुस मसान्तसम्म बैंकले ३ अर्ब ६९ करोड बराबरको खुद सञ्चालन आम्दानी गरे पनि चालू आवमा २ अर्ब ९० करोडको मात्रै गरेको हो। यस्तै गत आवमा ३४ अर्ब ६९ करोड बराबरको खुद सञ्चालन आम्दानी गरेको बैंकले चालू आवको सोही अवधिमा जम्मा १९ करोड ७७ लाख मात्रै गरेको देखिएको हो। 

बैकका मुख्य कमाइहरुमा गत आवको तुलनामा यो वर्ष थप गिरावट आउँदा बैंकको वासलात थप बिग्रिन पुगेको छ। बैंकले कर्जा प्रवाह सँगै कर्जा असुली समेत गर्न सकेको छैन भने गइसकेका कर्जा धमाधम खराबमा परिणत हुँदा बैंक निरन्तर दबाबमा पर्दै आएको छ। 

यो अवधिमा खराबकर्जा नोक्सानी व्यवस्थापन २ अर्ब ४३ करोेड रुपैयाँ राख्नुपर्दा पनि बैंकको नाफामा खुम्चिन पुगेको हो। गत आवमा २ अर्ब ३५ करोडमात्रै राखेको बैंकले चालु आवमा ७ करोड थप कोषमा व्यवस्थापन गरेको हो। 

त्यसो त पुस मसान्तसम्म बैंकले कुल कर्जाको ९७.२१ प्रतिशत रकम प्रोभिजनिङ गर्नुपरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad