एभरेष्ट बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ५ अर्ब नाफा गरेको छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा गत वर्ष मात्रै कुल ४ अर्ब ९१ करोडको नाफा देखाएको हो।
जुन अघिल्लो आर्थिक वर्षभन्दा ३२.८० प्रशितले धेरै हो। अघिल्लो वर्ष बैंकले ३ अर्ब ७० करोड नाफा कमाएको थियो
बैंकले अपरिष्कृत वित्तीय विवरणमा सबै सूचकहरु राम्रा देखाएको छ।
बैंकले खुद नाफासँगै सञ्चालन आम्दानी, सञ्चालन नाफा बढेको देखाएको छ भने ब्याज आम्दानी र ब्याज खर्च दुवै घटेको देखाएको छ।
गत आवमा बैंकले ११ अर्ब ३२ करोडको सञ्चालन आम्दानी गरेको छ। अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ९ अर्ब २२ करोड थियो।
यस्तै सञ्चालन नाफा ७ अर्ब ४५ करोड रुपैयाँ छ। अघिल्लो वर्ष बैंकले ५ अर्ब ६६ करोड रुपैयाँ मात्रै सञ्चालन नाफा गरेको थियो।
यस्तै खुद ब्याज आम्दानी पनि ९ अर्ब १२ करोड रुपैयाँ गरेको छ। अघिल्लो बर्ष यस्तो अँम्दानी बैंकले ७ अर्ब ६४ करोड रुपैयाँ मात्रै थियो।
जसमा बैंकले अघिल्लो आवमा असुल गर्न नसकेको २१ करोड रुपैयाँ बराबरको ब्याज गत वर्ष असुल गर्दा ब्याज आम्दानी बढाएको देखिन्छ।
बैंकले गत आवको वासलातमा सबै सूचकको अवस्था राम्रो देखाएको छ। खराबकर्जाको चपेटामा अन्य बैंकहरु परिरहँदा एभरेष्टले भने खराबकर्जा दरलाई शून्यमा सीमित राखेको हो।
बैंकले गत आवमा खराबकर्जा दर ०.३८ प्रतिशत देखाएको छ। गत आवमा बैंकको यस्तो दर ०.७१ प्रतिशतमा थियो।
वित्तीय अवस्था राम्रो भएसँगै बैंकका सेयरधनीहरुले पाउने हिस्सा पनि यो वर्ष बढेको छ।बैंकको वितरणयोग्य नाफा कुल ४ अर्ब ९५ करोड रुपैयाँ छ। जसबाट बैंकले आफ्ना सेयरधनीहरुलाई प्रतिकित्तामा ३८ रुपैयाँ २७ पैसाका दरले लाभांश दिने क्षमता राख्छ।
अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३० करोड थियो जसबाट बैंकले २८ रुपैयाँ ०६ पैसा लाभांश दिने क्षमता राखेको थियो। तर अघिल्लो आवमा बैंकले १५.५३ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो। यो वर्ष बैंकको लाभांश दिने क्षमता थप बढेको हो।
यस्तै बैंकको प्रतिसेयर आम्दानी ३७ रुपैइाँ ९९ पैसा छ भने नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा रहेको छ।
Shares

प्रतिक्रिया