समाज


नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थी प्रधानले पत्नी र छोरापछि आफैँलाई हाने गोली

नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थी प्रधानले पत्नी र छोरापछि आफैँलाई हाने गोली

नेपालखबर
साउन २६, २०८२ सोमबार १२:६, काठमाडौँ

नेपालबाट अमेरिका गएका एकजना भुटानी शरणार्थीले पहिले पत्नी र छोरालाई मारेर पछि आफैँलाई गोली हानेका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार सन् २००८/०९ मा शरणार्थी पुनर्स्थापना कार्यक्रमअन्तर्गत अमेरिकी राज्य टेक्ससको ड्यालस आएका ५३ वर्षीय ललित प्रधानले आफ्ना श्रीमती ३७ वर्षीया रजनी श्रेष्ठ प्रधान र छोरा ३ वर्षीय प्रनिशलाई गोली हानी मारेका हुन्। 

फक्स फोर न्युजका अनुसार घटना १९०० ब्लक अफ डडली स्ट्रिटमा शनिबार बिहान भएको हो। प्रहरी घटनास्थल पुग्दा रजनी र प्रनिश मृत अवस्थामा फेला परेका थिए भने गम्भीर घाइते ललितलाई तत्काल अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको बताइएको छ। 

ललित लामो समय नेपालका विभिन्न भुटानी शरणार्थी शिविरमा बसेर डेढ दशकअघि आईओएम र अमेरिकी सरकारको कार्यक्रमअन्तर्गत अमेरिका गएका थिए। अमेरिका जानुअघि भने उनको परिवार मोरङको पथरी शिविरमा बस्थ्यो। 

यसअघि ललितले शनिबार मात्र फेसबुकमा मेडिकेटलगायत सुविधा नहुँदा समस्या भइरहेको भनी स्टाटस लेखेका थिए। 

रजनीको माइती काठमाडौँ भएको एक भुटानी अगुवाले स्थानीय सञ्चारमाध्यमसँग बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad