समाज


महोत्तरीमा २५ वर्षीय युवकको हत्या, जंगलमा भेटियो शव

ससुराली हिँडेका युवकको हत्या भएको आफन्तको दाबी
महोत्तरीमा २५ वर्षीय युवकको हत्या, जंगलमा भेटियो शव

नेपालखबर
चैत १०, २०८१ आइतबार ११:५४, काठमाडौँ

महोत्तरीको सागरनाथ जंगलमा हत्या गरेको अवस्थामा एक युवकको शव फेला परेको छ। 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ८ दिगम्बरपुर घर भएका २५ वर्षीय शिवशंकर महतोको शव फेला परेको हो। 

महोत्तरीको गौशाला नगरपालिका- ८ सागरनाथ वन क्षेत्रमा पर्ने रेल्वे ट्रयाक नजिक उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले जानकारी दिए। 

‘धारिलो हतियार प्रहार गरेर विभत्स ढंगले हत्या गरेको अवस्थामा शुक्रबार साँझ उनको शव फेला परेको हो,’ डीएसपी जैसवालले नेपालखबरसँग भने, ‘शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ। हामी थप अनुसन्धानकै क्रममा छौँ।’

हत्यामा संलग्नको पहिचान खुल्न बाँकी रहेको उनले बताए। ‘यस विषयमा थप विवरण हामी पछि सार्जजनिक गर्छौं,’ डीएसपी जैसवालले भने। 

प्रत्यक्षदर्शीहरुका अनुसार धारिलाे हतियारले शरीरका विभिन्न भागमा आक्रमण गरेर हत्या गरेपछि मुखमा आगो लगाएको अवस्थामा उनको शव फेला परेको हो। 

उनी गएको बिहीबार दिउँसो श्रीमती सृजना र १० महिने छोरालाई साथमा लिएर घरबाट ससुराली (बर्दिबास नगरपालिका- ५ पशुपतिनगर) गएका पारिवारिक स्रोतको भनाई छ। 

उनको केही दिन अघि ससुराली पक्षसँग विवादसमेत भएको दाबीसमेत आफन्तले गरेका छन्। त्यतिबेला शिवशंकरमाथि ससुरालीमै कुटपिटसमेत भएको थियाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad