कला


रि-रिलिजमा आक्रामक ‘सनम तेरी कसम’को व्यापार, दुई दिनमै तोडियो पुरानो रेकर्ड

रि-रिलिजमा आक्रामक ‘सनम तेरी कसम’को व्यापार,  दुई दिनमै तोडियो पुरानो रेकर्ड

नेपालखबर
माघ २७, २०८१ आइतबार १२:३७, काठमाडौँ

पछिल्लो समय पुराना बलिउड फिल्मको क्रेज हलहरूमा देख्न सकिन्छ। सुरुमा राम्रो व्यापार गर्न नसकेका चलचित्रहरू पुनः प्रदर्शनपछि चर्चामा आइरहेका छन्।

‘लैला मजनु’ र ‘तुम्बाड’ पछि ‘सनम तेरी कसम’ सिनेमाघरमा राज गरिरहेको छ।  यो फिल्म ५ फेब्रुअरी सन् २०१६ मा रिलिज भएको थियो। समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यो फिल्म बक्सअफिसमा असफल भएको थियो। 

२५ करोड भारतीय रुपैयाँ बजेटमा बनेको यस फिल्मले कूल ९ करोड भारुको व्यापार गरेको थियो। तर, टेलिभिजन र युट्युबमा रिलिज भएपछि यस फिल्मले निकै चर्चा पाएको थियो। सामाजिक सञ्जालमा व्यापार चर्चा भएपछि यो फिल्म गत शुक्रबारदेखि पुन: प्रदर्शनमा आएको छ।  

जुन फिल्म दर्शकको रोजाइमा परेको छ, हृदयस्पर्शी कथालाई ठूलो पर्दामा हेर्न थिएटरहरूमा ठूलो भीड लागेको छ। रि-रिलिज भएको दुई दिनमै आफ्नो पुरानो रेकर्ड तोडेको छ।

९ वर्षअघि यो फिल्मले ९ करोड रुपैयाँको लाइफटाइम कलेक्शन गरेको थियो। पुन: रिलिज हुँदा मात्र दुई दिनमा ९ करोड रुपैयाँ कमाएको छ। पहिलो दिन घरेलु बक्स अफिसमा ४ करोड रुपैयाँको ओपनिङ गरेको थियो। दोस्रो दिन शनिबार ५ करोड रुपैयाँको व्यापार गरेको छ। 

४ करोड कमाउँदै यो फिल्म रि-रिलिजमा ठूलो ओपनिङ गर्ने दोस्रो भारतीय फिल्म बनेको छ। रि-रिलिजमा ठूलो ओपनिङ गर्नेमा तेलुगू फिल्म ‘गब्बर सिंह’ छ, जसले ५ करोड ७५ लाख कमाएको थियो।

लबस्टोरी जनरामा बनेको फिल्ममा हर्षवर्धन राणे र पाकिस्तानी अभिनेत्री मावरा होकेनको मुख्य भूमिका छ। केही समयअघि यसको दोस्रो श्रृंखलासमेत बन्ने घोषणा भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad