एनआईसी एसिया बैंकले धमाधम आफ्नो स्वामित्वको सेयर बिक्री गर्न थालेको छ। बैंकले सोमबार एकै दिन ४ वटा कम्पनीको सेयर बिक्री गरेर लगानी झिकेको हो।
बैंकले ७७९ रुपैयाँका दरले सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको ५० हजार कित्ता, २९७ रुपैयाँका दरले सूर्योदय वोमी लघुवित्तको ५१ हजार ०५ कित्ता, १७८ रुपैयाँका दरले सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता र १०१ रुपैयाँका दरले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ९ लाख ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
बैंकले संस्थापक सेयरधनीहरुलाई सेयर खरिदका लागि आवेदन दिन भनेको छ।
156
Shares

प्रतिक्रिया