जीवन विकास लघुवित्तका ८ जना संस्थापक सेयरधनीले एकैपटक लगानी झिकेर बाहिरिने भएका छन्।
लगानीकर्ताले ३ लाख ३४ हजार ५० सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेर बाहिरिन लागेका हुन्।
लघुवित्तले लगानीकर्ताको नाम उल्लेख नगरीकनै सेयर बिक्रीमा राखेको छ।
जसमा इच्छुक खरिदकर्ताले प्रतिसेयर ६ सय रुपैयाँका दरले थोरैमा २५० कित्ताका लागि आवेदन दिन पाउनेछन्।
खरिद गर्ने लगानीकर्ताले कोड नम्बर उल्लेख गर्दै आफूले चाहेको सेयर संख्यासहितको निवेदन कम्पनीको केन्द्रीय कार्यालय कटहरीमा दिनुपर्नेछ।
यस्तै कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलबाट पनि आवेदन दिन पाउनेछन्।
33
Shares

प्रतिक्रिया