नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति भोलि शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ।
एक हप्ताअघि नै सार्वजनिक गर्ने तयारी भए पनि अन्तिम चरणमा रोकिएको थियो। योसँगै मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको हो।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेलका अनुसार भोलि नै सञ्चालक समितिको बैठक बोलाएर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ।
‘बोर्ड बैठक भोलि बसेर भोलि नै सार्वजनिक हुनसक्ने सम्भावना छ’, उनले नेपालखबरसँग भने।
यसअघि गत शुक्रबार सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी थियो। त्यसका लागि सञ्चालक समितिको बैठक बसे पनि नीति पारित हुनसकेको थिएन।
मौद्रिक नीतिमा खतिवडाको ‘इन्ट्री’ : स्वायत्त निकायमाथि सरकारको हस्तक्षेप
प्रधानमन्त्रीका विकास सल्लाहकारको रुपमा गत हप्ताको बिहीबार डा. युवराज खतिवडा आएपछि उनले मौद्रिक नीतिमा थप सुझाव दिन भनेपछि रोकिनपुगेको थियो।
गत हप्ता शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा थप छलफल गर्ने भन्दै मौद्रिक नीति सार्वजनिक गरिएन। त्यसको एक हप्तापछि राष्ट्र बैंकले भोलि मौद्रिक नीति ल्याउने तयारी गरेको हो।
Shares

प्रतिक्रिया