ad ad

कारोबार


विकास सल्लाहकार खतिवडाले रोके मौद्रिक नीति

विकास सल्लाहकार खतिवडाले रोके मौद्रिक नीति

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८१ शुक्रबार १०:४६, काठमाडौँ

आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति राष्ट्र बैंकले रोकेको छ। 

नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने भने पनि अन्तिम समयमा आएर रोकेको हो। 

राष्ट्र बैंकका एक अधिकारीका अनुसार प्रधामन्त्रीका विकास सल्लाहकारमा डा. युवराज खतिवडा आएपछि मौद्रिक नीति रोकिएको हो। उनले मौद्रिक नीतिमा थप छलफल हुनुपर्ने बताएका कारण रोकिएको हो। 

राष्ट्र बैँकले बिहीबार मौद्रिक नीतिका सम्बन्धमा अर्थमन्त्रीलाई ब्रिफिङ गराइएको थियो। 

सोही अनुसार शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक राखेर दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने कार्यतालिका सार्वजनिक भएको थियो। 

तर अर्थमन्त्रीको बिफ्रिङपछि डा.खतिवडाले थप परामर्श गर्न खोजेका थिए। सञ्चालक समितिको बैठकले छलफल गर्न थप समय माग गरेपछि आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति पछाडि सरेको हो। 

राष्ट्र बैंकका अनुसार मौद्रिक नीति आगामी साता भित्रै ल्याउने गरी तयार भइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .