ad ad

कारोबार


चैतमा भाखा नाघेका कर्जा जेठभित्र तिरे एनआईसी एसियाका ऋणीले पाउनेछन् यस्ता छुट

चैतमा भाखा नाघेका कर्जा जेठभित्र तिरे एनआईसी एसियाका ऋणीले पाउनेछन् यस्ता छुट

नेपालखबर
जेठ १६, २०८१ बुधबार १२:३२, काठमाडौँ

एनआईसी एसिया बैंकले २०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाहरु ऋणीले जेठभित्र तिरे जरिवाना र हर्जना रकममा शतप्रतिशत छुट र ब्याजमा समेत कर्जाअनुसार निश्चित छुट दिने भएको छ। 

बैंकले ९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेको कर्जाको साधारण ब्याज रकममा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनसम्म भाखा नाघेको कर्जाको साधारणब्याज रकममा २५ प्रतिशत र ३६५ दिनभन्दा बढी भाखा नाघेको कर्जाको हकमा साधारण ब्याज रकममा ३५ प्रतिशत छुट दिने भएको हो। 

उक्त छुट पाउन सम्बन्धित ऋणीले आफ्नो सबै कर्जा जेठ महिनाभित्र भुक्तान गर्नुपर्ने बैंकले जनाएको छ। 

देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने हेतुले यस्तो छुट प्रदान गरिएको बैंकले उल्लेख गरेको छ। 

बैंकका अनुसार मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यो योजनामा सहभागी भई लाभ लिन सक्नेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .