ad ad

कारोबार


बैंकहरूमा व्यक्तिगत निक्षेप ३८ खर्ब पुग्दा अरु क्षेत्रको कति?

बैंकहरूमा व्यक्तिगत निक्षेप ३८ खर्ब पुग्दा अरु क्षेत्रको कति?

नेपालखबर
चैत २७, २०८० मंगलबार १९:१३, काठमाडौँ

अहिले बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपको आकार ६१ खर्ब ८५ अर्ब पुगेको छ। 

गत वर्षको तुलनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ७ खर्बभन्दा बढीको वृद्धि छ। चालू आर्थिक सुरु भएयताको बैंक तथा वित्तीय क्षेत्रको निक्षेप वृद्धि हेर्ने हो भने पनि ४ खर्ब १५ अर्बको वृद्धि छ।

चालू आर्थिक वर्ष सुरु हुनुअघि र फागुन मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने कुल निक्षेप वृद्धि ७ दशमलव २ प्रतिशत देखिएको छ। 

गत वर्ष फागुन मसान्तसम्मको कुल निक्षेपको अवस्था ५४ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो। त्यस्तै गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको कुल निक्षेप ५७ खर्ब ७० अर्ब रुपैयाँ पुग्यो। अहिले बैंक तथा वित्तिय संस्थाको निक्षेप ६१ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको हो। 

बैंकमा रहेको निक्षेपहरुमा सबैभन्दा धेरै व्यक्तिगत निक्षेप नै रहेको छ। व्यक्तिगत निक्षेप ३८ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ। गैरनाफामूलक संस्थाहरुको निक्षेप १ खर्ब ८० करोड रुपैयाँ रहेको छ। 

अन्तर बैंक निक्षेप ३९ अर्ब रुपैयाँ रहेको छ। गैरसरकारी संस्थानहरुको निक्षेप ३ खर्ब ८५ अर्ब रुपैयाँ रहेको छ। सरकारी संस्थानहरुको निक्षेप ३ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ। गैर बैंकिङ वित्तीय संस्था १० खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ। 

त्यसमा बीमा कम्पनीहरुको निक्षेप ५ खर्ब ६८ अर्ब, कर्मचारी सञ्चय कोषको १ खर्ब ६९ अर्ब रुपैयाँ छ। नागरिक लगानी कोषको १ खर्ब ७ अर्ब रुपैयाँ छ। 

स्थानीयतहको ६७ अर्ब रुपैयाँ छ। स्थानीयतहको सञ्चितकोष यो रकम भने अब निक्षेपमा गणना गर्न नपाउने भएको छ। अर्थ मन्त्रालयले यसलाई निक्षेप गणना नगराउन सरकारबाट निर्देशन जारी भइसकेको छ। 

त्यस्तै आवासीय वैदेशिक मुद्राको निक्षेप रकम ८५ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै गैरआवासीय वैदेशिक मुद्राको निक्षेप भने २२ अर्ब छ।

वैदेशिक मुद्राको निक्षेपहरू बैंकमा लगानी गरिएको खुद्रा नगद निक्षेपहरू हुन्। जसको लागि बैंकले बहुमुद्रा लेनदेन खाता खोलिसकेपछि निक्षेपकर्ताको अनुरोधमा आधारित बैंक बचत खाता जारी हुन्छ।

त्यस्तै गैरआवसिय निक्षेप भने ७६ अर्ब रुपैयाँ छ। निक्षेपको आकार बढिरहँदा कर्जामा प्रवाह पनि वृद्धि भएको छ। गत वर्षको फागुन मसान्तमा ४८ खर्ब ७९ अर्ब रुपैयाँ रहेकामा यो वर्षको सोही अवधिमा ५० खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। 

गत वर्षको तुलनामा चालू आर्थिक वर्षको फागुन मसान्त बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ वृद्धि छ। जुन ४.२ प्रतिशतले बढेको हो। 

२०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .