माघमा वाणिज्य बैंकहरुमा २५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। निक्षेप थपिँदा कर्जा प्रवाह १६ अर्बले बढेको हो।
पुस मसान्तमा वाणिज्य बैंकहरुसँग ४७ खर्ब १६ रुपैयाँ रहेकोमा निक्षेपमा २५ अर्ब थपिँदा ४७ खर्ब ४१ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी कर्जा प्रवाह १६ अर्बले बढेर ४२ खर्ब ९० अर्ब रुपैयाँ सीमित भएको छ। पुस मसान्तमा वाणिज्य बैंकहरुले ४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
माघ पहिलो साता वाणिज्य बैंकहरुमा निक्षेप घटेपछि दोस्रो सातादेखि निरन्तर निक्षेप बढेको थियो। माघको सुरुवातमा सुस्त देखिएको कर्जा प्रवाह मसान्तमा बढेको हो।
माघको पहिलो साता (६ माघ)सम्म वाणिज्य बैंकको निक्षेप ८.३२ प्रतिशतले घटेको थियो। दोस्रो साता निक्षेप १२.४५, तेस्रो साता ३.२१ प्रतिशत र अन्तिम साता ३.७९ प्रतिशतले बढेको छ।
माघको पहिलो सातामा कर्जा प्रवाह ३.८३ प्रतिशतले घटेको थियो। दोस्रो साता कर्जा प्रवाह ५.५९ प्रतिशत, तेस्रो साता ६.९४ प्रतिशत र अन्तिम साता ३.३८ प्रतिशतले कर्जा प्रवाह बढेको छ।
Shares
प्रतिक्रिया