ad ad

कारोबार


दुई वाणिज्य बैंक जो मर्जरअघि सेयरधनीलाई दिँदै छन् ३२ प्रतिशत लाभांश

दुई वाणिज्य बैंक जो मर्जरअघि सेयरधनीलाई दिँदै छन् ३२ प्रतिशत लाभांश

नेपालखबर
असोज ३०, २०७९ आइतबार १६:५२, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाहरु केही वर्षदेखि आर्थिक परिसूचकमा राम्रो स्थितिमा देखिन्छन्। 

सबै किसिमका बैंकहरुको मुनाफामा वृद्धि भइरहेको देखिन्छ। यसकारण लगानीकर्ताहरुले पाउने लाभांशमा समेत समग्रमा वृद्धि हुँदै गइरहेको समेत देखिन्छ। 

अहिले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले घोषणा गरेका लाभांशको दरले पनि सेयरधनीहरुले उच्च प्रतिफल पाउने सुनिश्चितता दिएको देखिएको छ। 

पछिल्लो समय बैंक केही बैंक तथा वित्तीय संस्थाहरुले मर्जरको सम्झौता गरेका छन्। तर मर्जरमा जानुअघि उनीहरुले आफ्ना लगानीकर्तालाई उच्च लाभांश दिन तयार देखिएका छन्। 

कुमारी बैंकसँग लाभांश घोषणा गरेको एनसीसी बैंक र ग्लोबल आईएमई बैंकसँग मर्जर सम्झौता गरेको बैंक अफ काठमाण्डुले लाभांश घोषणा गरेको हो। 

एनसीसी बैंक र बैंक काठमाण्डुले ३२ प्रतिशत लाभांश दिन तयार देखिएका छन्। एनसीसी बैंकको सञ्चालक समतिले ११ प्रतिशत र बैंक अफ काठमाण्डुले २१ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। 

शनिबार बसेको एनसी बैंकको सञ्चालक समितिले लगानीकर्तालाई लाभांश घोषणा गरेको हो। यसमा ७ दशमलव ६३ प्रतिशत नगद लाभांश तथा ३ दशमलव ३६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ।

चुक्ता पुँजी ११ अर्ब १३ करोडको ३ दशमलव ३६ प्रतिशत अर्थात् ३७ करोड ५० लाख बोनस सेयर वितरण गर्ने भएको हो। 

त्यस्तै चुक्ता पुँजीको ७ दशमलव ६३ प्रतिशत अर्थात् ८५ करोड ३ लाख रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय एनसीसी बैंकले गरेको छ। 

यता बैंक अफ काठमाण्डुले भने १४ दशमलव ९५ प्रतिशत नगद लाभांश अर्थात् १ अर्ब ५८ करोड रुपैयाँबराबरको नगद लाभांश र ६ प्रतिशत अर्थात् ६३ करोड ७४ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो। 

तर यी लाभांश वितरण गर्नको लागि नेपाल राष्ट्र बैंकले अनुमति दिनुपर्छ। सो अनुमतिको आधारमा बैंकको साधारणसभाले समेत पारित गर्नुपर्ने व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .