एनएमबी बैंकले ३ खर्ब ७० करोड रुपैयाँ नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकले आफ्नो नाफा ३६ दशमलव ५३ प्रतिशतले वृद्धि गरेको हो।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा १ खर्ब ८४ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ।
त्यसमा बैंकले ६ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको २ अर्ब ३९ करोड रुपैयाँ वितरण योग्य नाफा रहेको छ।
बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड रुपैयाँ छ। बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ १५ पैसा र खराब कर्जा अनुपात १ दशमलव ३३ प्रतिशत देखिएको छ।
27
Shares

प्रतिक्रिया