कारोबार


भरतपुरको बजेट : सीसीटीभी जडान र रंगशाला निर्माणलाई ४–४  करोड

भरतपुरको बजेट : सीसीटीभी जडान र रंगशाला निर्माणलाई ४–४  करोड

नेपालखबर
असार ८, २०८२ आइतबार १४:४५, काठमाडौँ

स्मार्ट भरतपुर बनाउनको लागि सीसीटीभी र ट्राफिक व्यवस्थापनका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ।

भरतपुरकी मेयर रेनु दाहालले आगामी आर्थिक वर्षको बजेट नगरसभामा पेस गर्दै ५ अर्ब १९ करोड कुल विनियोजन गरेकी हुन्। 

दाहालले सडक बत्ती महशुल स्मार्ट लाइट भुक्तानीको लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै कृषि तथा पशुविकासतर्फ ९ करोड बजेट विनियोजन गरेको महानगरले शिक्षा विकासतर्फ १० करोड ५० लाख, खाल्टाखुल्टी मर्मतको लागि ४ करोड छुट्याएको छ। 

स्वास्थ्य सेवातर्फ महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई ओपीडी टिकट अनुदानमा २५ लाख र समुदायसँग मेयर कार्यक्रम, स्वास्थ्य परीक्षण स्क्रिनिङ कार्यक्रमलगायत स्वास्थ्य सेवाको लागि ३ करोड विनियोजन गरेकी छिन्। 

महानगरपालिकाभित्र मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको खानेपानी महशुलमा अनुदान, फोहोर संकलन तथा हरियाली प्रवर्द्धनको लागि ४ करोड, विश्रामस्थलको लागि ५० लाख, ट्राफिक संकेतलगायतका लागि ५० लाख, सूचना तथा प्रविधि क्षेत्रको लागि ५० लाख रुपैयाँ छुट्याइएको छ। 

युवा तथा उद्यमीहरुलाई नवीन व्यवसाय सुरु गर्न बीउपुँजी अनुदानलगायत कार्यान्वयन गर्न १ करोड, महिला उद्यामीलाई प्रोत्साहन गर्न १ करोड छुट्याइएको छ। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधूरो कार्य पूरा गर्नका लागि ४ करोड बजेट विनियोजन गरिएको छ। महानगरपालिकाको प्रशासनिक भवन निर्माणसँगै इन्टेरियरको कामका लागि ४ करोड बजेट व्यवस्थापन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad