राजनीति


विकास मोडलमा एक पटक छलफल गर्न जरुरी छ: सांसद कार्की

विकास मोडलमा एक पटक छलफल गर्न जरुरी छ: सांसद कार्की

फाइल तस्बिर


नेपालखबर
असार ८, २०८२ आइतबार १४:४८, काठमाडौँ

नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको विकास मोडलको बारेमा एक पटक छलफल गर्न जरुरी रहेको बताए।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजित बजेटमाथिको छलफलमा बोल्दै उनले कम अवधिमा कसरी छिमेकी देशहले तिब्रतर रुपले विकासलाई अघि बढाए र नेपालले त्यसबाट सिकेर कसरी अघि बढ्ने भन्नेबारेमा अध्ययन गर्न जरुरी रहेको बताए।

मुलुकमा जलश्रोतको क्षेत्रमा भइरहेको विकास र उत्साहलाई निरन्तरता दिन जरुरी रहेको उनले ऊजा क्षेत्रको प्रवद्धन र विकासले नै भारतसँगको व्यापार घाटालाई हटाउन सकिने उल्लेख गरे।

‘हाम्रो विकास मोडलको बारेमा एक पटक छलफल गर्न जरुरी छ, कसरी छिटो अवधिमा हाम्रा छिमेकी देशहरुले तिब्रतर रुपले विकासलाई अघि बढाइरहेका छन्,’ कार्कीले भने, ‘त्यसबारेमा गहन अध्ययन हुनु जरुरी छ। अहिले हाम्रो मुलुकमा जलश्रोतको क्षेत्रमा जुन विकास भइरहेको छ, जुन उत्साह देखिएको छ, यो उत्साहलाई निरन्तरता दिनसक्यो भने भोलिका दिनमा, अब आउने केही वर्षपछि हामीले पूर्वाधारका निमित्त हाम्रो भारतसँग जति व्यापार घाटा छ, त्यो व्यापार घाटालाई कम गरेर हाम्रो विकास निर्माणमा, पूर्वाधारमा त्यसलाई खर्च गर्ने अवस्थामा हामी पुग्नसक्छौँ।’

कार्कीले थपे, ‘त्यस दिशामा अहिले जलश्रोतको क्षेत्र, उर्जाको क्षेत्र अघि बढेको छ। उर्जामा लगानी निजी क्षेत्रबाट करिव ८० प्रतिशत लगानी भएको छ। त्यो लगानी प्रोत्साहित गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad