चितवनमा ट्रक दुर्घटना हुँदा १९ वटा खसीबोका मरेका छन्।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक दुर्घटनामा खसीबोका मरेका हुन्।
पृथ्वीराजमार्गमा पर्ने चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा आज बिहान भएको दुर्घटनामा १९ वटा खसीबोका मरेका हुन्। रासस
270
Shares

प्रतिक्रिया