कारोबार


बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

नेपालखबर
माघ २१, २०८२ बुधबार १३:४६, काठमाडौँ

बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक नयाँ योजना ल्याएको हो। 

यस योजनाअनुसार १००सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल खरिद गर्दा ७ हजारसम्म छुट पाउन सकिनेछ। 

यस योजनाबारे आफ्नो धारणा व्यक्त गर्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नयाँ जिम्मेवारीसँगै नयाँ जीवन सुरुवात गर्नेहरूका लागि यो अफर ल्याएका छौं, नयाँ सोच, नयाँ संकल्पले नयाँ जीवनलाई सहज बनाउने विश्वाससमेत लिएको छु।’ 

नवविवाहित जोडीलाई लक्षित गरिएको भए पनि यो योजनाबाट सबैले लाभ लिन सक्ने निर्देशक गोल्छाले बताए। 

यो योजना माघ १५ बिहीबारदेखि नै लागू भएको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad