कारोबार


हिरो मोटोकर्पको ‘हाम्रो परम्परा’ फेस्टिभ स्किम

हिरो मोटोकर्पको ‘हाम्रो परम्परा’ फेस्टिभ स्किम

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १८:३१, काठमाडौँ

हिरो मोटोकर्पले बडादशैँ, दीपावली तथा छठपर्वलाई लक्षित गर्दै हाम्रो परम्परा स्किम सार्वजनिक गरेको छ।

कात्तिक २९ गतेसम्मका लागि कम्पनीले उक्त स्किम ल्याएको हो। 

स्किमअन्तर्गत स्योरसट डिजिटल स्क्राचमार्फत न्यूनतम ८ हजारदेखि ५ लाखसम्म क्यास डिस्काउन्ट पाउन सकिनेछ भने एक्सचेन्जमा स्योरसट डिजिटल स्क्राचमा ८ हजार र थप रकम २ हजार ८२ रुपैयाँ थप गरी न्यूनतम १० हजार ०८२ रुपैयाँ देखि १ लाखसम्म क्यास डिस्काउन्ट पाउन सकिनेछ। 

स्किममार्फत फाइनान्स गर्दा कुनै पनि किसिमको सर्भिस चार्ज नलाग्ने कम्पनीले जनाएको छ।  

हिरो मोटोकर्पले आफ्नो नविनतम उत्पादनहरू जुम १२५ हालै नाडा अटो सोमा सार्वजनिक गरेको छ। आफ्ना ग्राहकहरुको चाहना एवं विश्वासलाई कदर गदै विस्तारै नयाँ नयाँ ब्रान्डहरु बजारमा भित्र्याउँदै गइरहेको हिरो मोटोकर्पले जनाएको छ। 

सार्वजनिक भएको जुम १२५ मा आकर्षक डिजाइन, १४ इन्चको रिम, ० देखि ६० किमिसम्मको स्पिड ७.६ सेकेण्डमा निधारण गर्छ। साथै प्युल लिड वजर लगायतका अन्य आकर्ष फिचरहरु समेत छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad