नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु भएको दोस्रो दिन अवलोकनकर्ताको संख्या पनि बढ्दै गएको छ।
बुधबारदेखि सुरु भएको नाइमा एक्स्पोको दोस्रो दिन सवारी किन्न तथा सवारीको बारेमा रुचि राख्नेहरुको संख्या बढेको हो।
एक्स्पोमा चारपांग्रेदेखि दुईपांग्रेसम्मले आफ्ना नयाँ उत्पादन सार्वजनिक गरिरहेका छन् भने खरिदमा ग्राहकलाई अनेक छुट सुविधा पनि पस्किरहेका छन्।
नेपालका लागि ओमोडा र जेइको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले पनि नाइमा एक्स्पोमा प्रिमियर एसयूभी –जेइको जे–५’ सार्वजनिक गरेको छ।
भिडिओ
कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा र जेइको लाइनअपसँगै नयाँ जे–५ ले नेपाली बजारमा ल्याएको हो।
सहरी सडकदेखि अफ–रोड यात्रासम्म सहज बनाउन तयार पारिएको जेइको जे–५ उत्कृष्ट डिजाइन, प्रदर्शन र लक्जरीको सम्मिश्रण भएको कम्पनीको दाबी छ।
रेन्ज रोभरबाट प्रेरित डिजाइन, १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, १८–इन्च स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेसलगायत बेस्ट–इन–क्लास विशेषताहरूले यसलाई नेपाली उपभोक्ताहरूको लागि एक विशेष विकल्प बन्ने कम्पनीको विश्वास छ।
नाइमा एक्स्पो विशेष अफरअन्तर्गत जेइको जे–५ चार लाख रुपैयाँ छुटमा उपलब्ध छ। जेइको जे–५ को मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एक्स्पोमा ५६ लाख ९९ हजार रुपैयाँमा बुक गर्न सकिन्छ।
यस्तै ओमोडा ई–५ र जेइको जे–६ पनि नाइमा अफरमा उपलब्ध छ।




Shares

प्रतिक्रिया