कारोबार


यस्तो छ आज नेपालमा सार्वजनिक भएको डिपल एस०७

यस्तो छ आज नेपालमा सार्वजनिक भएको डिपल एस०७

नेपालखबर
साउन १८, २०८२ आइतबार १७:३८, काठमाडौँ

नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय एसयूभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७ आईसीसीलाई नेपालमा सार्वजनिक गरेको छ।

नेपालको लक्जरी इभी सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत इभीको अनुभवलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ। 

नेपालको सबैभन्दा सुन्दर इभीका रुपमा आफूलाई स्थापित गर्न सफल दिपल एस०७ आईसीए भेरियन्ट नयाँ एक्साइटिंग कलर नेबुला ब्लुमा पनि उपलब्ध हुनेछ। यो नयाँ कारको एलोइ ह्विललाई पनि अझ आकर्षक बनाइएको छ।

दिपल एस०७ आईसीएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ जसले ४१० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिनेछ।

‘नयाँ दिपल एस०७ आईसीए एपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर इभी हो’, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘नेपालमा सार्वजनिक भएको डेढ वर्षमै अहिले ९५० वटा दिपल सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ। यो नयाँ इभीको सार्वजनिकीकरणले एमएडब्लु नेपालको इभी क्रान्तिलाई नेतृत्व दिन प्रतिबद्ध छ भन्ने दर्शाउँछ।’

नयाँ पुस्ताको कनेक्टिभिटीले पहिलेभन्दा स्मार्ट
नयाँ दिपल एपमा ग्राहकलाई कारसँग विना रोकतोक अन्तरक्रिया गर्न मद्दत गर्छ।

यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ।

कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिंगको अवस्था बुझ्न र कारको लोकेसन ट्रयाक गर्न सकिन्छ।

साथै यसमा ४जी५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा रहेको छ। 

लक्जरी र प्रविधिको नयाँ उचाइ
दिपल एस०७ आईसीएमा आफ्नो ट्रेन्डसेटिंग सुन्दरता र अत्याधुनिक प्रविधिमार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँ मानक स्थापित गर्नेछ।

यसको टाइमलेस डिजाइन र १० भन्दा बढी अझै पनि अन्य इभीमा नभएका इन्डस्ट्री फस्र्ट फिचरले दिपलको भिजनलाई दर्शाउँछ।

यसमा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, हाइपर्फर्मेन्स क्वालकम ८१५५ चिप, एल२.५ अटोनमस ड्राइभिंग असिस्ट्यान्स सिस्टम, १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर र फ्लस ह्यान्डल र १.९ स्वायर मिटरको पानोरामिक ग्लास रुफलले प्रिमियम क्याबिन एक्सपिरियन्स दिन्छ।

‘जेरो ओनरशिप कस्ट फर फाइभ इयर’ अफर
दिपल एस०७ र्आइसीएको लन्चकै अवसरमा एमएडब्लु वृद्धिले बेजोड स्किम ‘जेरो ओनरशिप कस्ट फर फाइभ इयर’ सार्वजनिक गरेको छ।

यो स्किममा ग्राहकले दिपल इभीमा पाँच वर्षसम्म कुनै खर्च गर्नुपर्ने छैन।

दिपल एस०७ को ग्राहकले पाँच वर्षका लागि अटोप्लस इन्स्योरेन्स, पेरियोडिक मेन्टेनेन्स कस्ट, इलेक्ट्रिसिटी कस्ट र रोड ट्याक्स पाउनेछन्।

यो स्किममार्फत ग्राहकले नेपालकै नं १ लक्जरी इभी दिपल एस०७ सहजैसँग खरिद गर्न सक्नेछन्।

नयाँ दिपल एस०७ आईसीएले आफ्नो आइकनिक डिजाइन, इन्टेलिजेन्ट इनोभेसन र बेजोड ओनरसिप स्किममार्फत इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा आफ्नो नं १ स्थानलाई निरन्तरता दिने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad