कारोबार


यामाहा नेपालको वार्षिक डिलर मिट सम्पन्न

यामाहा नेपालको वार्षिक डिलर मिट सम्पन्न

नेपालखबर
साउन १५, २०८२ बिहिबार १९:३३, काठमाडौँ

यामाहा नेपालले २०८२ साउन ८ र ९ गते (बिहीबार र शुक्रबार) वार्षिक डिलर मिट २०२५ सम्पन्न गरेको छ। दुईदिने जमघटमा नेपालभरिबाट आएका ९० भन्दा बढी डिलरहरू, यामाहा टिमका सदस्यहरू र विशिष्ट अतिथिहरूले सहभागिता जनाएका थिए।

पहिलो दिनको कार्यक्रम सेल्स र मोटिभेसनमा केन्द्रित रह्यो, जहाँ सौरभ लोहनीले सेल्स एण्ड बिजनेस ट्रेनिंग सेसन सञ्चालन गरेका थिए। यस सेसनले सहभागीहरूलाई बदलिँदो बजारमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने व्यवहारिक रणनीतिहरू प्रस्तुत गर्नुका साथै विशेषगरी डिलरशिप व्यवस्थापनको पक्षलाई प्राथमिकताका साथ समेटेको थियो।

दोस्रो दिनको कार्यक्रममा यामाहा ब्रान्डको सामूहिक शक्ति र एकता झल्काउने कुराहरू मुख्य हाइलाइटका रूपमा देखिएका थिए। कार्यक्रम एमएडब्लू राइड्सका सीइओ तथा कार्यकारी निर्देशक श्री दीपक कुमार अग्रवालको सम्बोधनबाट सुरु भएको थियो जहाँ उनले सम्पूर्ण डिलरहरूलाई उत्कृष्ट प्रदर्शनका लागि बधाई दिँदै कम्पनीका सबै विभागहरूले निर्धारित वार्षिक लक्ष्य पूरा गरेकोमा त्यसको प्रशंसा पनि गरे।

यस पश्चात् विभिन्न विभागले आर्थिक वर्ष ०८१/०८२ को समग्र गतिविधि र उपलब्धिहरूको समीक्षा एवम् आगामी वर्षको रणनीतिक योजना समेटेर आ-आफ्ना प्रस्तुतिहरू दिएका थिए। त्यसै अवसरमा एमटी१५ भीटुको आइस स्टोर्म र एफजेट एस भी३ को आइस फ्लुओ भर्मीलिओन नामक दुई नयाँ र आकर्षक कलर भेरियन्टहरूको पनि अनावरण गरिएको थियो, जसले आफ्नो बोल्ड र एस्थेटिक डिजाइनका कारण सहभागीहरूको ध्यान खिचेको थियो।

एमएडब्लू सोलिडारिटी फन्ड अन्तर्गत एक भावुक प्रयासका रूपमा फन्ड समिति सदस्य तथा चितवनका डिलर प्रतिनिधि केजीएस ट्रेडिंग कन्सर्न, महेन्द्रनगरलाई एक सोलिडारिटी चेक प्रदान गरे। गत वर्षको बाढीका कारण केजीएसको वर्कशप र भौतिक संरचनामा भएको गम्भीर क्षतिको सन्दर्भमा गरिएको यस सहयोगले संकटका समयमा आफ्ना साझेदारहरूप्रति यामाहाको बलियो साथ र प्रतिबद्धतालाई पुनः पुष्टि गरेको कम्पनीले जनाएको छ।

कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव तथा बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्का, एमएडब्लू राइड्स प्रा.लि.का अध्यक्ष विष्णु कुमार अग्रवाल सहभागी थिए।

कार्यक्रममा ए०, ए१, ए२ र ए३ श्रेणीका उत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो। साथै, "ड्रिम टार्गेट" प्राप्त गर्नेहरू र विशिष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिएको थियो।

नेटवर्किङ, पुरस्कार र यामाहा परिवारभित्रको सम्बन्धलाई अझ बलियो बनाउने अवसर प्रदान गरेको यस दुईदिने उत्सव एक भव्य गाला डिनरसँगै समापन भएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा यामाहा मोटर इण्डिया ग्रुपका चेयरम्यान इतारु ओटानी, वाईएमआईएसका उपाध्यक्ष महेन्द्र प्रताप र डीजीएम बिपिन सिंहको पनि उपस्थिति रहेको थियो।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र फैलिँदो डिलर नेटवर्क मार्फत नेपालमा दुईपांग्रे सवारीको क्षेत्रलाई निरन्तर नेतृत्व दिइरहेको छ। दैनिक उपयोगका लागि स्कुटरदेखि थ्रिल खोज्नेहरूका लागि मोटरसाइकलसम्म, यामाहाले नेपाली ग्राहकहरूलाई उत्कृष्ट भ्यालु र राइड अनुभव प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad