नेपालमा फोटोनको प्रमुख पिकअप टुनल्यान्ड जी७ सार्वजनिक भएको छ।
पुलचोकस्थित ‘द प्लाजा’मा औपचारिक रूपमा जी७ सार्वजनिक गरिएको हो।
यसअघि नै टुनल्यान्ड जी७ ले २३ दिनमै ८ वटा उच्च र कठोर अफ-रोड भूभागहरू पार गर्ने विश्वकै पहिलो पिकअपका रूपमा इतिहास रचिसकेको कम्पनीले जनाएको छ। नेपालमा डेब्यु गर्नुअघि यो गाडी १५ हजार किलोमिटरको कठिन परीक्षणमा टेस्ट गरिएको थियो।
असार ८ गते सम्पन्न भएको यस भव्य सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्धनिर्देशक विवेक सिकारिया, फोटोन इन्टरनेशनल साउथ एसियाका प्रबन्धनिर्देशक एरिक वाङ, बेइकी फोटोनका पीआर निर्देशक तथा फोटन इन्टरनेशनलका प्रमुख अकाउन्ट निर्देशक ली जुओचेंग, फोटोन इन्टरनेशनल प्यासेन्जर भेहिकल बिजनेसका सीनियर मार्केटिङ म्यानेजर एमिली डिङ, लियो झाओ र एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले संयुक्त रूपमा जी७ सार्वजनिक गरेका थिए।
कार्यक्रममा विवेक सिकारियाले भने, “नेपालका आफ्नै चुनौतीहरू हुँदाहुँदै पनि हामीले फोटोनसँग सहकार्य गर्ने निर्णय गर्यौं र म गर्वका साथ भन्न सक्छु कि आज त्यो विश्वास सार्थक भएको छ। पछिल्ला पाँच, छ वर्षमा हामीले नेपालमा १५०० भन्दा बढी फोटोन सवारी साधन बिक्री गरिसकेका छौं, जसमा ५०० भन्दा बढी पिकअपहरू पर्छन्।”

उनले आफ्टर सेल्स सर्भिस र स्पेयर पार्ट्सको मामलामा कुनै कसर बाँकी नराखेको उनको भनाइ छ। सिकारियाका अनुसार रोकथाम मेनटेनेन्सदेखि एक्सिडेन्टल मर्मतसम्म, जी७ को मर्मत खर्च बजारका अन्य विकल्पहरूभन्दा २० प्रतिशत कम रहेको उनको दाबी छ।
कार्यक्रमपछि टुनल्यान्ड जी७ पहिल्यै बुकिङ गरेका ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिएको थियो।
यो गाडी बलियो र इन्टेलिजेन्सको खोज गर्ने यात्रुहरूको लागि बनाइएको हो। १६० एचपी पावर र ३९० एनएम टर्कसहित जी७ ले नेपालको सबै भूभागमा अद्वितीय प्रदर्शन दिने कम्पनीले उल्लेख गरेको छ।
२२५ मिमीको उच्च ग्राउन्ड क्लियरेन्सका साथ यो गाडी उबडखाबड बाटो, उकालो चढाइ र अनिश्चित हिमाली बाटाहरूलाई आत्मविश्वासका साथ पार गर्न सक्छ। हिल होल्ड कन्ट्रोल र हिल डिसेण्ट कन्ट्रोलले चढाइ र ओर्लाइ दुवैलाई सुरक्षित बनाउँछ र पुश-स्टार्ट इञ्जिन बटन सजिलै पहुँचयोग्य हुनेगरी औंलामै राखिएको छ।
तर, बलियो प्रदर्शन मात्र होइन, यो गाडीमा आराम पनि कम छैन। भित्री भागमा १२.३ इन्चको इन्फिनिटी स्क्रिन राखिएको छ जसले नेभिगेसन र मनोरञ्जनको आवश्यकता पूरा गर्छ। तातो र चिसो हुने, १२ तरिकाले एडजस्ट गर्न सकिने इलेक्ट्रिक सिटहरू छन् जसले चालक र यात्रुलाई मौसमअनुकूल आरामदायी अनुभव दिन्छ।
प्यानोरामिक सनरूफले आकासलाई नजिक ल्याउँछ, जसले शक्तिशाली गाडीभित्रको सौन्दर्य र खुलापनको अनुभूति दिलाउँछ। साथै, अटोमेटिक एयर कन्डिसनिङले जस्तोसुकै मौसममा पनि यात्रालाई सहज बनाउँछ।
फोटोनले सधैं उद्देश्यसहितको नवप्रवर्तनमा विश्वास गर्दै आएको छ र टुनल्यान्ड जी७ औपचारिक रुपमा सार्वजनिक भएसँगै त्यो उद्देश्य अब नेपाली भावनासँग जोडिएको छ। पुलचोकको ‘द प्लाजा’मा सार्वजनिक गरिएको यो गाडी केवल नेपालको अटो बजारमा अर्को सवारी थपिएको होइन, यो त नेपालकै लागि डिजाइन गरिएको हो।
फोटोन टुनल्यान्ड जी७ सुरुवाती मूल्यहरू एलिटका लागि ५१.९९ लाख, लक्जरीका लागि ६५.४० लाख र फ्ल्यागशिप मोडेलका लागि ६९.९९ लाख रुपैयाँ गरी तीन फरक भेरियन्टहरूमा उपलब्ध छ।
टुनल्यान्ड जी७ दुई भेरियन्टमा उपलब्ध छ - २.० लि. डिजेल ४x२ एमटी कम्फर्ट र २.० लि. डिजेल ४x४ एमटी कम्फर्ट। दुवैमा उच्च टर्क र इन्धन दक्षताका लागि चिनिएको बलियो २.० लि. डिजेल इञ्जिन छ। यसका मुख्य फिचरहरूमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, रियर-भ्यू क्यामेरा, डुअल एयरब्याग, एबीएस विथ ईबीडी, हिल होल्ड असिस्ट र इलेक्ट्रोनिक डिफरेन्सियल लक सामेल छन्।
टुनल्यान्ड जी७ ले बलियो प्रदर्शन र परिष्कृत डिजाइनलाई संयोजन गर्दै चुनौतिपूर्ण अफ-रोड र आरामदायी शहरी यात्रा दुवैमा उपयुक्त अनुभव दिन्छ।
Shares

प्रतिक्रिया