कारोबार


सीजी हिरो मोटोकर्पले पोखरामा ‘एक्सट्रयाक’ आयोजना गर्ने

सीजी हिरो मोटोकर्पले पोखरामा ‘एक्सट्रयाक’ आयोजना गर्ने

नेपालखबर
जेठ २८, २०८२ बुधबार १९:३३, काठमाडौँ

सीजी हिरो मोटोकर्पले एक्सट्रयाकको दोस्रो संस्करण पोखरामा यही जेठ ३१ गते गर्ने भएको छ। 

पहिलो संस्करणको रुपमा धुलिखेलमा अवस्थित ‘डर्ट टेम्पल’मा ३ सय बढी राइडरहरुको सहभागितामा ‘एक्सट्रयाक’ इभेन्ट सम्पन्न गरेसँगै अब पोखरामा पनि गर्नलागेको हो।

पोखराको इभेन्टमा मोटरसाइकलप्रेमी राइडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राइडिङ्गको अविस्मरणीय अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ। 

इभेन्टमा सहभागीहरुले हिरोको एडभेन्चर श्रेणीका मोटरसाइकल विशेषतः हिरो एक्सपल्स २०० फोरभी र एक्सपल्स २०० फोरभी प्रो, विशेष रुपमा डिजाइन गरी तयार पारिएको ट्रयाकमा प्रत्यक्ष रुपमा चलाएर आफ्नो अफरोड राइडको स्किलको समेत परीक्षण गर्ने अवसर प्राप्त गर्नेछन्। 

कार्यक्रममा सुरक्षाका समग्र मापदण्डको सुनिश्चिकताका साथै व्यवसायिक मार्सलहरुको प्रत्यक्ष प्रशिक्षण एवं निर्देशनमा सहभागीहरुले आफ्ना अफरोड राइडिङ्ग कलाको टेस्ट गर्नुका साथै थप राइडिङ्ग टिस्प पनि प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन्।

पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने वहुप्रतिक्षित ‘एक्सट्रयाक इभेन्ट’ बिहान १० बजेबाट सुरु हुनेछ। यस इभेन्टमा सहभागिता जनाउन इच्छुकहरुले समयमा नै हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेज गई निःशुल्क रुपमा रजिष्ट्रेसन गरी आफ्नो सिट सुरक्षित गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ। 

सहभागिताका लागि इच्छुक राइडरहरुले चालक अनुमतिपत्रका साथ सेफ्टी गियरहरु आफ्नो साथमामा लिएर आउनुपर्नेछ। इभेन्टमा सहभागी तथा अनुभवी राइडरहरुका लागि हिरो मोटोकर्प नेपालका तर्फबाट मोटरसाइकल उपलब्ध गराइनेछ। साथै कम्पनीका तर्फबाट निःशुल्क एक्सपल्स ब्राण्डेड जर्सी लिमिटेड एडिशनको व्यवस्था गरिएको कम्पनीले बताएको छ। 

कम्पनीका अनुसार उक्त इभेन्टको मुख्य उद्देश्य मोटरसाइकलप्रेमी युवा पुस्ताहरुमा मोटरसाइकल संस्कृतिको प्रवद्र्धन गनुका साथै सीजी हिरो मोटोकर्पले बजारमा उपलब्ध गराउँदै आएका अत्याधुनिक प्रविधिमा सुसज्जित मोटसाइकलहरुको प्रत्यक्ष अनुभव प्रदान गर्नु पनि हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad