कारोबार


मन्त्रालयहरूबीच परस्पर सहजीकरणलाई प्राथमिकता दिन अर्थमन्त्री पौडेलको निर्देशन

मन्त्रालयहरूबीच परस्पर सहजीकरणलाई प्राथमिकता दिन अर्थमन्त्री पौडेलको निर्देशन

नेपालखबर
जेठ २८, २०८२ बुधबार १९:३७, काठमाडौँ

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिएका छन्। 

अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानूनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यहरुलाई प्राथमिकता दिन कर्मचारीहरुलाई निर्देशन दिएका हुन्। 

अर्थमन्त्री पौडेलले  भने,‘अर्थ मन्त्रालयले रोक्छ भन्ने बाटोबाट नहिडौं। प्रथमिकताका आधारमा सहजीकरण गरेर छिटो कार्य सम्पन्न गर्ने वातावरण तयार पारौं।’

अर्थमन्त्री पौडेलले परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै लक्ष्यहरु पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्य सम्पादन गर्न निर्देशन दिए। 

उनले व्यवहारिक पक्षलाई हेरेर परिणामुखी हिसाबले आगामी आर्थिक वर्षको मासिक र वार्षिक लक्ष्यहरु निर्धारण गर्नुपर्नेमा जोड दिए। 

आगामी बजेट कार्यान्वयनमा जाँदा कानूनहरु संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले सबैसँगको परामर्शमा संशोधनको गृहकार्य गर्न निर्देशन दिएका छन्। 

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि पूर्व तयारीका काममा लाग्न भनेका छन्। 

बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेश घिमिरेले अतिरिक्त मेहनत लगायर राजस्व संकलन र पूँजीगत खर्च वृद्धिमा सहजीकरण गर्न महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरुलाई निर्देशन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad