चीनको प्रमुख अटोमोबाइल निर्माता गिलीले आफ्नो नयाँ प्लग-इन हाइब्रिड पिकअप ट्रक राडार किङकङ ईएम-पी चीनमा सार्वजनिक गरेको छ।
यो मोडल अन्तर्राष्ट्रिय बजारमा रिडारा आरडी६ ईएम-पी नामले प्रवेश गर्ने कम्पनीले जनाएको छ। कम्पनीले अन्तर्राष्ट्रिय बजारमा नेपाललाई पनि समावेश गरेको छ।
यसका प्रमुख विशेषताहरूमा १.५-लिटर टर्बोचार्ज्ड इन्जिन, ३-स्पिड डेडिकेटेड हाइब्रिड ट्रान्समिसन (३ डीएचटी) र दुई इलेक्ट्रिक मोटरहरूको संयोजन रहेको छ। जसले २६० केडब्लु (३४९ एचपी) सम्मको शक्ति र ९१४ एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ।
यसको दूरी क्षमता १९.०९ केडब्लुएच एलएफपी ब्याट्री र ६०-लिटर इन्धन ट्याङ्कको संयोजनले १०६८ किमिसम्मको मिश्रित दूरी सुनिश्चित गर्ने कम्पनीको भनाइ छ। यसको लोड क्षमता १ हजार किलोग्रामसम्मको लोड बोक्न सक्ने छ।
गाडीमा ड्राइभ मोडहरू हिउँ, हिलो, अफ-रोड, र बालुवालगायत चारवटा अफ-रोड मोडहरू उपलब्ध छन्। अन्तर्क्रियात्मक सुविधा भी२एल ( भेहिकल टु लोड) र भी२भी (भेहिकल टु भेहिकल) फिचरहरू, जसले अन्य उपकरणहरू चार्ज गर्न वा शक्ति आपूर्ति गर्न सक्षम बनाउँछ।
Shares

प्रतिक्रिया