कारोबार


उत्तरढोकामा सञ्चालनमा आयो सिट्रोन, लिपमोटर र प्युज़ोसहितको प्रिमियम शोरूम (तस्बिरहरू)

नेपालमा स्टेलान्टिसको दोस्रो डिलरसिप
उत्तरढोकामा सञ्चालनमा आयो सिट्रोन, लिपमोटर र प्युज़ोसहितको प्रिमियम शोरूम (तस्बिरहरू)

सौगात दाहाल
जेठ ९, २०८२ शुक्रबार १४:४८, काठमाडौँ

दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक योजनाअन्तर्गत स्टेलान्टिसले नेपालमा दोस्रो डिलरसिप सुरु गरेको छ।

गोल्छा अर्गनाइजेसनअन्तर्गतको सहायक कम्पनी सा‌ङ्ग्रिला मोटर्स प्रालिले नयाँ डिलरसिप सञ्चालन गरेको हो।

स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धनिर्देशक शैलेश हजेला र सांग्रिला मोटर्सका प्रबन्धनिर्देशक हेमन्त गोल्छाको उपस्थितिमा नेपालस्थित फ्रान्सकी राजदूत भर्जिनी कोर्तेवालले शुक्रबार नयाँ डिलरसिपको उद्घाटन गरिन्।

काठमाडौंको उत्तरढोकामा सञ्चालनमा आएको यो डिलरसिपअन्तर्गत आकर्षक प्रिमियम शोरुम सञ्चालनमा आएको छ। नयाँ शोरुममा विश्व प्रसिद्ध तीन ब्राण्डहरु सिट्रोन, लिपमोटर र प्युजोलाई एउटै छानामुनि प्रस्तुत गरिएको छ। 

यसले ग्राहकह‌रूलाई उत्कृष्ट र सहज अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। उद्घाटन समारोहमा  शैलेश हजेलाले नेपाल कम्पनीको अपरेसनको रणनीतिक बजार  भएको बताए।

‘हामी सांग्रिला मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकहरूलाई विश्वस्तरीय मोबिलिटी समाधान उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौँ’, उनले भने, ‘यो नयाँ शोरुममार्फत स्टेलान्टिसले अगामी युगका विद्‌युतीय सवारीसाधनसहित विश्वप्रसिद्ध प्रविधि र ब्रान्डहरू नेपाली बजारमा प्रस्तुत गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।’

कार्यक्रममा हेमन्त गोल्छाले नयाँ शोरुमलाई उत्कृष्ट ग्राहक अनुभवमा केन्द्रित गर्दै गरेको लगनशील प्रयासको निरन्तरता भएको टिप्पणी गरे।

‘सिट्रोन, लिपमोटर र प्युजो एकै स्थानमा उपलब्ध गराएर हामी नेपाली ग्राहकहरुका लागि प्रिमियम मोबिलिटी समाधानको एकमात्र गन्तव्य बन्नेछौँ भन्ने विश्वास लिएका छौँ’, उनले भने, ‘यस विस्तारले ग्राहकको विश्वास र ब्रान्डप्रतिको प्राथमिकता झनै मजबुत बनाउनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad