कारोबार


केयीको एक्सचेन्ज कार्निभल, ग्राहकलाई यस्ता फाइदा

केयीको एक्सचेन्ज कार्निभल, ग्राहकलाई यस्ता फाइदा

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १३:२९, काठमाडौँ

केयी नेपालले केयी एक्सचेन्ज कार्निभल २०८२ आयोजना गर्ने भएको छ। 

यही वैशाख २६ देखि २८ गतेसम्म थापाथलीमा उक्त कार्निभल आयोजना गर्ने भएको हो। 

केयी शोरुमनजिकै हुने कार्निभललाई केयी नेपालले मेगा एक्सचेन्ज इभेन्ट भनेको छ। 

कार्निभलमा कम्पनीका लाइनअपहरु इक्युट ०२, इक्युट ०४ र एक्स३ प्रो ईभी एक्सचेन्ज गर्न सकिनेछ। 

ग्राहकले कार्निभलमा तत्कालै आफ्ना गाडीको उच्च मूल्यांकन, नगद छुट र हरेक भ्यालुएसनमा क्यूएफएक्स मुभी टिकट निःशुल्क पाउनेछन्। 

यसबाहेक छनोट भएका मोडलहरुमा ग्राहकले उपयुक्त बीमा, सडक दस्तुर र एक्सचेन्ज बोनस समेत पाउनेछन्। 

इक्युटको हरेक बुकिङमा ग्राहकले बोस्क जेट कार वासर र एक्स३ प्रोको बुकिङमा बोस्ककै वासिङ मेसिन पाउनेछन्। 

कार्निभलमा पारिवारिक मनोरञ्जन, खेल र सांगीतिक कार्यक्रम समेत आयोजना गरिनेछन्। 

एक्स३ प्रो एसयूभीको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रहेको छ। ग्राहकले यसमा ६.०५ लाखसम्म कुल लाभ पाउने कम्पनीले जनाएको छ। 

कार्निभलमा कुनै पनि ब्रान्डका सवारीसाधन माथिको मोडलहरुसँग एक्सचेन्ज गर्ने सुविधा पाइनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad