बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ योजना ल्याएको छ।
कम्पनीले २१ गतेसम्म भृकुटीमण्डपमा ‘बजाज ग्रान्ड कार्निभल’ सुरु गरेको हो।
यसमा ग्राहकहरुले २० भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन, अन द स्पट फाइनान्स तथा निःशुल्क असेसोरिज पाउने कम्पनीले जनाएको छ।
साथै यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रियाजस्तै घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेटलगायतका विभिन्न कागजात आवश्यकतालाई यो योजनाले सरल बनाउनेछ।

किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्ने जनाइएको छ।
साथै, बजाज ग्रान्ड कार्निभल वैशाख १६ गतेदेखि वैशाख २१ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ भने ग्राहक हरुको लागि गेम जोन, टेस्ट राइड पनि रहेको छ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ नेपालको बृहत ठुलो मोटरसाइकल एक्सचेन्ज योजना हो।
योजनाअन्तर्गत ग्राहकहरुले बजाजका मोटरसाइकलहरु ग्राहकहरुलाई आफ्ना पुराना बाइकहरूको उच्चतम मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् भने बजाजका आकर्षक नयाँ मोडेलहरू लैजाने अवसर समेत रहेको कम्पनीले जनाएको छ।
तस्बिरहरू










सबै तस्बिर : सौगात दाहाल
Shares

प्रतिक्रिया