लक्ष्मी ग्रुपले नयाँ विद्युतीय अटो ब्रान्ड नेपाल भित्र्याउने भएको छ।
चिनियाँ अटो उत्पादन डोङफोङ अटोमोबाइल्स ग्रुपको सहायक कम्पनी डोङफोङ लिउझाउ अटोमोबाइल्सले उत्पादन गर्दै आएको फोर्थिङ ब्रान्ड नेपाल भित्रिने भएको हो।
सो ग्रुपअन्तगर्तको लक्ष्मी ईमोबिलिटीले फोर्थिङ फ्राइडेका मोडल ल्याउने जनाएको छ। २ वटा सेगमेन्टमा नेपाल भित्रिने गाडी उत्तरी नाकामा आइपुगेका छन्।
केही दिनपछि कम्पनीले नेपालमा ती गाडी सार्वजनिक गर्ने तयारी गरेको छ।
फोर्थिङ लक्जरी सेगमेन्टको मूल्य ५६ लाख ९६ हजार छ भने एक्स्क्लुसिभ सेगमेन्टको मूल्य ६२ लाख ९६ हजार रुपैयाँ छ।
९९ किलोवाट मोटरमा गाडी नेपालमा सार्वजनिक गर्दै छ। एक्स्क्लुसिभ सेगमेन्टमा ६४.४ किलोवाट आवरको ब्याट्री छ।
लिथियम आयन फस्फेट ब्याट्री रहेको गाडीले ११ किलोवाटको एसी चार्जर र ८० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ।
गाडीमा अटोमेटिक पार्किङ, अपहिल एसिस्टेन्स, टायर प्रेसर मोनिटरिङ, फ्रन्ट पार्किङ रडार, ३६० क्यामेरा, क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, सिट हिटिङ, सिट मसाज लगायता फिर्चस छन्।
Shares

प्रतिक्रिया