नयाँ गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)ले वैशाख ४ गतेदेखि औपचारिक रुपमा सांगठनिक गतिविधि शुभारम्भ गर्ने भएको छ।
कम्पनी रजिस्ट्रार कार्यालयमा फागुन ९ गते दर्ता भए पनि २ महिनापछि औपचारिक रुपमा सक्रिय हुने भएको हो।
छुट्टै अटो शोको घोषणा गरेको नाइमाले आफ्नो स्पष्ट दृष्टिकोण कार्यक्षेत्रहरू, मध्य तथा दीर्घकालीन योजना, तथा मोबिलिटी सशक्तीकरणका लागि गर्न लागेको हस्तक्षेप कार्यक्रमहरू सार्वजनिक गर्ने जनाएको छ।
नयाँ गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा) भनेको मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको जनाएको छ। संस्थाले नेपालका अटोमोबाइल आयातकर्ता र निर्माता प्रतिनिधित्व गर्छन्।
‘नाइमा भनेको मोबिलिटी सशक्तीकरणको वकालत गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो, जसमा नेपालका अटोमोबाइल आयातकर्ता तथा निर्माता सदस्य छन्’, नाडा र नाइमाको संयुक्त वक्तव्यमा भनिएको छ, ‘नाइमाको उद्देश्य मोबिलिटीमार्फत विकास सशक्त बनाउनेछ। यसले रणनीतिक नीतिगत वकालतद्वारा नेपालको अटोमोटिभ क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको छ, जसमा दिगो तथा सुरक्षित मोबिलिटीलाई प्राथमिकता दिइनेछ।’
नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्य छिन्। उनी नेपालमा टोयोटा, एथरलगायतका ब्रान्डको अधिकारिक बिक्रेताकी सञ्चालक हुन्।
Shares

प्रतिक्रिया